काठमाडौं । महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असंयमित हुन थालेका छन् ।कञ्चनपुर। डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका गजेन्द्र बोहराका दुई पत्नी छन्। उनले पहिलो बिहे बझाङको बित्थडचिर–५ देउलेख तल्लो भतडाकी कलावतीसँग गरे।
कलावतीबाट गजेन्द्रका दुई छोरा थिए– प्रेम र भरत। दोस्रो बिहे बैतडीको पुर्चौडी क्षेत्रकी जानकीसँग गरे, गजेन्द्रले।
जानकीबाट पनि एउटा छोरा छन्। बझाङको बित्थडचिर खुलमौरका गजेन्द्र करिब डेढ दशकअघि बसाइँ सरी डडेल्धुराको आलिताल डाँडाखर्क झरे।
स्थानीयका अनुसार उनको घरमा कलह भइरहन्थ्यो। सौता जानकीसँग मिलेर गजेन्द्रले जेठी श्रीमती कलावती र कान्छा छोरा भरतलाई शारीरिक यातना दिन्थे।
गजेन्द्र र सौतेनी आमा जानकीले भरतलाई नराम्रोसँग कुट्थे। खाना दिँदैनथे। त्यसैकै त्रासले ८ वर्षीय भरत घरभन्दा टाढा जान्थे। जंगलमा गोठालाहरूसँग भेटिन्थे, उनीहरूले लगेको खाना खान्थे।
‘घरमा खाना नदिने र उसलाई असाध्यै कुट्ने रहेछन्, बाख्रा गोठाला गएका बेला भरत भेटिन्थ्यो’, स्थानीय दानबहादुर विष्टले भने, ‘कति दिन मैले लगेको खाना दिएँ, खाना पाएपछि बच्चा मेरो साथ छाड्दैथ्यो।’
विष्टका अनुसार भरत कहिलेकाहीँ जंगलबाट उनको साथ लागेर घरसम्मै पुग्थे। दानबहादुर विष्टको घरबाट भरतको घर पुग्न १० मिनेट हिँड्नुपर्छ।
पुस १२ गते पनि भरत दानबहादुरको घरनजिकैको उखुबारीमा थिए। भरतलाई घर लैजान उनकी आमा कलावती आइन्। स्थानीयका अनुसार उनले ‘घरमा किन नआएको’ भन्दै एक/दुई झापड हानेर भरतलाई घर लगेकी थिइन्।
त्यसको अर्को दिनदेखि भने भरत गाउँघरमा देखिएनन्। भरतलाई नदेखेको धेरै भएपछि स्थानीय दानबहादुर विष्टलाई शंका लाग्यो। र, यसबारेमा उनले पुस २७ मा प्रहरी चौकी गोदामलाई खबर गरे।
‘१२ गतेपछि बालकलाई गाउँघरमा देखिएन, त्यसपछि खोजबिनका लागि प्रहरीलाई भनेको थिएँ’, विष्टले भने, ‘बालक नदेखिएपछि मरेको छ वा जिउँदै छ, पत्ता लगाइदिनुप-यो भनेर छिमेकीको नाताले प्रहरीकोमा गएको हो।’
त्यसपछि प्रहरीले जंगल, गाउँतिर भरतको खोजी ग-यो। तर उनी कतै भेटिएनन्। विगतको व्यवहारले शंका लागेपछि प्रहरीले भरतको आमा कलावती र सौतेनी आमा जानकीलाई नियन्त्रणमा लियो।
महानगरपालिकाभित्र व्यवस्थापनबिनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिने गरेका छन् ।
शुक्रबार राति मात्रै ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्देशक विशाल भण्डारीले भत्काउनबाहेक बनाएको देखिएन भन्नेको संख्या बढ्यो भनेर प्रश्न गर्दा मेयर बालेनले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन् ।
मेयर बालेनले निर्देशक भण्डारीको व्यवासयमाथि उल्टो प्रशन् गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’
विशाल भण्डारीले सेयर गरेका प्रश्न र बालेन साहको जवाफ ।
मेयर बालेनको यो जवाफमाथि सामाजिक सञ्जाल फेसबुकमा लामै बहस भएको छ । त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ?
पहिलो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।
दोस्रो प्रश्नमा मेयर बालेन साहले थप आक्रामक हुँदै कमेन्ट गरेका छन् । निर्देशक भण्डारीलाई भाइ सम्बोधन गर्दै मेयर साहले प्रश्न सोध्न पाइने तर दारु खाएर रातिराति दु:ख दिन नपाइने बताएका छन् ।
मेयर साहले भण्डारीलाई प्रतिप्रश्न गर्दै लेखेका छन् , ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दु:ख दिन पाइँदैन . तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? ‘