यी नै हुन् वृद्धभत्ताको रकम नदिएपछि आमाको ह,त्या गर्ने व्यक्ति

Spread the love

धनगढी । कैलालीमा बन्चरो प्रहारबाट एक वृद्धाको ह,त्या भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ७१ वर्षीया लगनीदेवी थरुनीको ह,त्या भएको हो । बन्चरो प्र,हारबाट गम्भीर घा,इते भएकी थरुनीलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो ।

लम्कीमा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको थियो । उनलको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ह,त्या आ,रोपमा उनका छोरा ४० वर्षीया श्रीराम थारुलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट आमालाई बन्चरो प्रहार गरेर श्रीरामले ह,त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको बताइएको छ ।

दूधको मूल्य बढाउन माग
भरतपुर, १७ माघ ।चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गर्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको आरोप लगाउनुभयो ।

चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाईभैँसी पालेका छन् । जसबाट प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

यहाँ उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ । अहिले ढुटो, मकै, पिना, दाना, चोक्करजस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको सङ्घका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले बताउनुभयो ।

उहाँले उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रतिलिटर दूधमा रु आठदेखि दश घाटा बेहोर्नुपरेकाले हामीले सरकारलाई दूधको मूल्य बढाएर प्रतिलिटर न्यूनतम रु ७० बनाउन माग गर्नुभयो । पछिल्लो समय सरकारले विसं २०७८ माघ १६ गते दूधको मूल्य बढाएको थियो ।