एलिना चौहान एक चर्चित गायिका हुन् । तर उनले एक टेलिभिजन अन्तरवार्ताका क्रममा रवि लामिछानेलाई चिन्दिन भनेपछि रविका फ्यान खनिए । चारैतिर चौहानको आलोचना हुदै गएपछि स्पष्टीकरण दिएकी छिन् :
आदरणिय दर्शक महानुभावहरु नमस्कार, आज म जहा जुन अवस्थामा छु हजुर हरुको माया र आशिर्वादको कारण छु । पछिल्लो समय मैले रजतपट कार्यक्रममा दिएको interview को एक अंश लाइ लिएर निकै बिबाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ ।
उक्त कार्यक्रमको “कुन रुपमा चिन्नुहुन्छ “ भन्ने segment मा रबि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहांलाइ कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहांलाइ personally चाहिं कुन रुपमा चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको र interview /program नभएको हुनाले personally चाहिं कुनै रुपमा चिन्दिन भनेर भनेकि थिएं ।
रबि दाइ एक कुशल पत्रकार, समाजसेवी र युवा नेता हो त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला। तर ऋषि धमला जि संग भने संगै program परेको बेला चिनजान भएको र interview पनि दिएको हुनाले Personally चिन्छु भनेर भनेकि हुं । मैले सोहि interview मा अन्य धेरै कुराहरु पनि भनेकि छु त्यसको कतै चर्चा भएन ।
टिकटिक तिर सानो clip काटेर अर्थको अनर्थ लगाएर गलत ब्याख्या गर्दै हदैसम्म गिरेर गालि गरिरहेको पाएं । भावनामा बगेर भन्दापनि कृपया पुरा interview हेरेर मात्र आफ्नो धारणा बनाउनुहोला एक पटक आंखा चिम्म गरेर सोच्नु त ? मैले त्यसरि गालि गर्नुपर्ने केहि गरेकि छु र?
म हजुर हरुकै छोरि चेलि दिदि बहिनि हो त्यसैले त्यति तल झरेर गालि नगरिदिनुहोला । मैले जानिजानि कुनै गल्ति गरेकि छैन र कसैप्रति गलत धारणा राखेकि छैन । तरपनि मेरो कुराले कसैको भावनामा आंच पुगेको भए माफि चाहान्छु ।तपाइंहरुकि प्रिय गायिका, एलिना चौहान ।
यसैबीच अर्की गायिका समिक्षा अधिकारीको तारिफ गर्दै हिम्मतिली भनेकी छिन् । उनले राम्रो फूल पनि हिलोमा फुल्ने भन्दै समिक्षाको तारिफ गर्दै तिम्रो समय नराम्रो चलेका कारण तिमी समस्या पर्यौ तर तिमी आँफैमा नराम्रो मान्छे नभएको बताइन् । समिक्षाले हरेक दिन सामाजिक संजालमा तस्विर पोष्ट गर्ने विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै पल शाह र समिक्षा दुवैको समय नराम्रो चलेका बताइन् ।