काठमाडौं । कोभिड–१९ को रोकथामका लागि विश्वको पहिलो दर्ता भ्याक्सिन स्पुतनिक भी तयार गर्ने वैज्ञानिकमध्येका एक वैज्ञानिक एन्ड्रे बोटीकोभको बेल्टले घाँटी थिचेर हत्या गरिएको छ । यो घटना शनिबारको हो । अहिले यो घटनामा आरोपीलाई दोषी ठहर गरिएको छ ।
प्रहरीका अनुसार विवादका क्रममा २९ वर्षीय युवकले बोटिकोभको घाँटी थिचेर फरार भएका थिए । हत्याको अनुसन्धान गरिरहेको रुसी अनुसन्धान प्राधिकरण समितिले एक विज्ञप्ति जारी गर्दै हत्याका दोषीसँग पहिलेदेखि नै गम्भीर अपराधको अभिलेख रहेको बताएको छ ।
रुसी कोभिड-१९ को खोप स्पुतनिक भी बनाउन सहयोग गर्ने वैज्ञानिक मध्ये एक एन्ड्री बोटीकोभको शनिबार राजधानी मस्कोस्थित उनको अपार्टमेन्टमा बेल्टले घाँटी थिचेर हत्या गरिएको रुसी सञ्चारमाध्यमले जनाएको छ। हत्या भएको केही घण्टामै प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो । पछि उनी दोषी ठहर भए ।
रुसी समाचार एजेन्सीका अनुसार संदिग्धले मस्कोको खोरोसेभो जिल्ला अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् । अदालतले दोषीलाई मे २ सम्म हिरासतमा राख्न आदेश दिएको छ । ४७ वर्षीय एन्ड्रे बोटीकोभ गमलेया नेशनल रिसर्च सेन्टर फर इकोलोजी एन्ड म्याथम्याटिक्समा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा कार्यरत थिए।
समाचार एजेन्सी टासका अनुसार रुसी कानून प्रवर्तन एजेन्सीले वैज्ञानिक एन्ड्रेको आपसी झगडाका क्रममा हत्या भएको बताएको छ । यो घरेलु अपराध हो । अनुसन्धान एजेन्सीका अनुसार, मार्च २ मा, मस्कोको एक अपार्टमेन्टमा विवादको क्रममा २९ वर्षीय एलेक्सी भ्लादिमिरोविच ज्मानोव्स्कीले बोटिकोभको बेल्टले घाँटी थिचेर हत्या गरेका थिए।
आरोपीका नाममा यसअघि पनि गम्भीर अपराधका मुद्दा दर्ता भइसकेको छ । रूसी फौजदारी संहिताको धारा १०५ अन्तर्गत दोषीलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ। हाल उनलाई मे २ सम्म हिरासतमा पठाइएको छ ।
भाइरोलोजिस्ट एन्ड्रे बोटिकोभलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२१ मा कोविड भ्याक्सिनमा गरेको कामको लागि अर्डर अफ द फादरल्याण्ड अवार्डबाट सम्मानित गरेका थिए। रिपोर्टका अनुसार, बोटीकोभ १८ वैज्ञानिकहरू मध्ये थिए जसले २०२० मा विश्वको पहिलो दर्ता गरिएको भेक्टर भ्याक्सिन स्पुतनिक भी तयार गरेका थिए।