अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले बिद्यमान संरचनाको जिर्णोद्धार गरी त्यहाँ रहेका मूर्तिहरुको प्राण प्रतिष्ठा एबम मूर्ति स्थापना कार्यक्रम सम्पन्न गरेको छ ।
२५, २६ र २७ अगस्ट गरी ३ दिन बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म 100 Duncans Lane, Diggers Rest को परिसरमा स्थापना गरिएका देवताका मूर्तिहरूलाई जीवन शक्तिसहित अभिषेक गर्ने ऐतिहासिक र महत्वपूर्ण कार्यक्रममा भिक्टोरियाका नेपाली समुदाय र अन्य बहुसांस्कृतिक समुदायका पाहुना, स्वयंसेवक, सामुदायिक अगुवा र सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।
नेपाली संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने महान र पुनित उद्धेस्यका साथ २०१४ मा स्थापित संस्था नेपाली सामुदायिक केन्द्रले पन्डित दिनबन्धु पोखरेलको सहभागितामा आयोजना गरेको सप्ताह मार्फत गरिएको कोष संकलनका कारण १२० रोपनीभन्दा बढी उक्त जग्गा खरिद गर्न सफल भएपस्चात परियोजनाले गति लिंदै यो कार्यक्रम आयोजना गर्ने अवस्थामा आइपुगेको हो ।
हिन्दू मन्दिर, बौद्ध मन्दिर र बहुउद्धेस्यिय हल सहितको नेपाली सामुदायिक केन्द्र स्थापना गर्ने लक्ष्य राखेको यस संस्थाले भर्खरै भिक्टोरियन राज्य सरकारको आर्थिक सहयोगमा गुरु योजनाको पहिलो चरण पार गरेको छ ।
२३ अगस्टमा कलश यात्राबाट शुरु भएको प्राणप्रतिष्ठा २७ अगस्टका दिन औपचारिक कार्यक्रम, मूर्तिको औपचारिक उद्घाटन र आरती गरी समापन भएको थियो । तीन दिनसम्म चलेको उक्त कार्यक्रममा २ हजारभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्तिम दिन आगन्तुक र बालबालिकाका लागि विभिन्न कार्यक्रम राखिएको थियो जसमा जम्पिङ क्यासल लगायतका बालबालिकाका अन्य गतिविधि थिए । त्यस्तै आगन्तुकहरूलाई भण्डारा (प्रसाद) बितरण गरिएको थियो । मेलबर्नमा बसोबास गर्ने धेरै परिवारहरू कर्ताको रूपमा कार्यक्रममा सामेल भए भने धेरैले एनएमसीको आजीवन सदस्य बनी एनएमसीको यात्रामा साथ र समर्थन दर्शाए ।
मेलबर्नका पाँच गुरु शंकर गौतम, सूर्यप्रसाद दाहाल, नारणप्रसाद ज्ञवाली, नारायण दाहाल र विमल आचार्यले अनुष्ठानको भाग सञ्चालन गरेका थिए । अन्तिम दिन गुरु रामप्रसाद रिजाल पनि टोलीमा सामेल भएका थिए ।
कार्यक्रममा उपस्थित संपूर्ण भक्तजनलाई Nepalese Neighbourhood Community – NNCI समूहले स्वयं सेवकको रुपमा भन्दाराको ब्यबस्था गरेको थियो ।
“प्राण प्रतिष्ठा तथा मूर्ति स्थापना” कार्यक्रममा त्रिशुल पुजा गरेर उक्त त्रिशुल गजुरको रुपमा स्थापना गर्ने कार्य गरिएको थियो र उक्त त्रिशुल बनाउनेदेखि स्थापना गर्ने सम्पूर्ण कार्य मेलबर्न निवासी श्री विदुर कटुवालद्धारा गरिएको थियो ।
कार्यक्रमको तिनै दिन नाचगान र भजन कीर्तन गरिएको थियो ।
Classical Dance by Christina Anu on ‘Om Namah Shivaya’ I ॐ नमः शिवाय
Classical dance by Riju Poudel on ‘Achyutam Keshavam’
Classical dance by Dibya Bhattarai on ‘Agiri Nandini’