किरण चापागाईंको एकल अभिनयमा ‘अनुत्तर’ मञ्चन हुँदै

Spread the love

पछिल्लो समय, आवाजबिहिनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महशुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगीरहेको देश र हाम्रो यथार्थ नै हो । युवाहरु, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुठ्नु पर्छ, कि त उनले मरूभूमिको यात्रा तय गर्नुपर्नेहुन्छ । नाटक अनुत्तर, एवंरितले देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैं हराएका नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्बिर हो । यिनै विषयवस्तुलाई उठान गरेर सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म मञ्चनमा ल्याउने भएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हरेक साझँ ५:३० बजे र अतिरिक्त शो १:३० बजे हुने गरी मञ्चन हुन लागेको यो नाटकको लेखन तथा निर्देशन राम के.ए.सी.ले गरेको छ । यस नाटकको सह–निर्देशन सुशीलालक्ष्मी महर्जनको रहनेछ भने रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ ।
यस नाटकको टिकट दर रु. ३००/– र ५००/– रहने निर्माण पक्षले बताएको छ ।