गायिका तारा थापाले ल्याईन् ‘पिर बिनाको मान्छे’ [भिडियो]

Spread the love

गायिका तारा थापाले दोहोरी गीत ‘पिर बिनाको मान्छे’ सार्वजनिक गरेकी छिन् । एक साता अघि सार्वजनिक यो गीतलाई उनले सत्य घटनामा आधारित मर्मस्पर्शी सिर्जना भनेकी छिन् ।

यो गीतमा ताराको साथमा सुप्रसिद्ध दोहोरी गायक गायिका राजु परियार, खुमन अधिकारि, जुना शिरिष मगर र मन्जु बिकको स्वर छ । गीतमा शब्द एवं संगीत तारा थापा र चेतन गोतामेको रहेको छ ।चेतन गोतामेले नै गीतको एरेन्ज गरेका हुन् ।

ताराकै निर्देशनमा तयार भिडियोमा दर्जन बढी कलाकारहरुको अभिनय देख्न सकिन्छ । विमल अधिकारी
,सारिका केसी, एलिना रायम्झी, गोविन्द भट्टराई, सञ्चिता शाही, श्याम राना, शंकर सुनार, नवराज काप्री, निरुता पुन, विवेक धिताल, अलिना खनाल, रोजिना तिवारी लगायतको अभिनय छ ।

अवि जंग शाहीको छायांकन रहेको भिडियोलाई अविले नै सम्पादन गरेका हुन् ।तारा थापा अफिसियल युट्युबबाट गीत सार्वजनिक गरिएको हो ।