सुमन परियारको नयां तिज कोसेली ‘आज मरे भोली दुई दिन’ बजारमा

Spread the love

गायक सुमन परियार‍ले नयां तीज गीत ‘आज मरे भोली भोली दुई दिन’ सार्वजनिक गरेका छन्। गीतमा सुमन परियार संगै गायिका सुनिता बुढा छेत्रीको आवाज रहेको छ । गितमा सुमन परियार‍को शब्द एवं संगीत छभने एम थापा मगरले एरेन्ज गरेका हुन्।

गितमा आज मरे भोली भोली दुई दिन हुन्छ, २ दिने यो चोलामा कसैको रिस डाहा नगरि बाचुन्जेल रमाईलो गर्नपर्छ भन्ने भाव दर्शाएको छ ।+

भिडिओमा सुमन परियार‍, सन्चिता बोलखे र नञ्जिता सुनारले नृत्य गरेका छन्। अमर सुनारको निर्देशन रहेको भिडिओलाई ओम प्रसाईंले छायांकन, सुजन कोईरालाले सम्पादन गरेका हुन्।

गायक सुमन परियार तीज विशेष कार्यक्रमका लागि बेलायत जानुअघि यो गीत ल्याएकी हुन्। उनी आउँदो साता केही समयका लागि बेलायत उड्दैछन्। सुमन परियार‍को अफिसियल युट्युब च्यानलमा सार्वजनिक भिडिओ हेर्नुहोस् :