रामकुमार श्रेष्ठ, अस्ट्रेलिया
२४ बर्षिया चर्चित कथा वाचिका देवी प्रतिभा पशुपति कोटिहोममा आफ्नो जिम्मेवारी पुरा गरेर आफ्नो आध्यात्मिक कर्मभूमि बनाएकी भारत प्रस्थान गरेकै दिन पशुपति कोटिहोमकै लागि लण्डनबाट आइन अझै कम उमेरकी नयाँ कथावाचिका चन्द्रकला सखी ।
सखी बिज्ञानको बिद्यार्थी हुन र नेपालकी पहिलो महिला रामचरितमानस कथा वाचिकाका रुपमा चिनिन्छिन । यति सानो उमेरमा उनी पश्चिमी सभ्यताको केन्द्र लन्डनमा बसी बिभिन्न यूरोपेली देशका सर्बसाधारणका बीच अन्तर्राष्ट्रिय राम कथा वाचिकाको रुपमा सनातनको बिगुल फुकेर मात्रै नभएर धेरै देशको संसदमा नै आफ्नो यही अभियान मार्फत नेपाल चिनाउने महान कार्य समेत गरिराखेकी छिन ।
देवभूमि, तपोभूमि, ज्ञानभूमि, सत्यभूमि, शान्तिभूमि, कर्मभूमि, मोक्षभूमिकी नेपाली चेली यिन्ले वेलायत बसेर खेलेको आध्यात्मिक भूमिका यूरोपमा बस्ने थुप्रै युवाहरुका लागि प्रेरणाका श्रोत बनेकी छिन र नेपाली बोल्न नसक्ने कतिपय नेपाली युवा उन्कै कारण नेपाली बोल्न शुरु गर्नेको संख्या पनि धेरै पाईन्छ ।
देशको पहिचान दिने वा अन्य राम्रा काम गर्नेको काम कुरामा समर्थन नगरी देखे नदेखेको नाटक गर्ने, तर हुँदै नभएको काम कुरालाई तोड मोड गरेर वा स-साना प्राबिधिक गल्तीलाई खोजी खोजी तीललाई पहाड बनाएर चरित्रहत्या गर्नेको संख्याको अभाव नदेख्दा यमन श्रेष्ठको ‘मुख र कान भेट भो कि’ भन्ने ब्यङ्य गीत याद आउँछ । प्रसंग हो – नेपाल छाडेको केही बर्षमा नै नेपाली नै नजानेको देखिने युवा जमात सानो नभए तापनि यति सानो उमेरमा वेलायत बसेर थुप्रै देशमा कथा वाचन मार्फत यूरोपका सर्बसाधारण मात्रै नभएर राष्ट्रिय नेतृत्व प्रदान गर्ने यूरोपेली देशका नेताहरुका बीच पनि नेपाल चिनाउने यी महान चेली सखीले पशुपतिको कोटिहोममा कथा वाचनको क्रममा शब्द चयनमा भएको गल्तीलाई लिएर अनाबस्यक ट्रोल बनाउनु दु:खद र मानसिक दरिद्रताको द्योतक हो । यस्ता सस्ता गतिबिधिले नेपालको गौरबमाथि प्रत्यक्ष र परोक्ष रुपमा बिभिन्न किसिमबाट आक्रमण गर्नेहरुलाई नै बल पुर्याउँछ ।
यस्कै लागि हो मैले वारंवार जोड दिने गरेको ‘संगतशुद्धी’ को । अनाबस्यक मानिससंग अनाबस्यक काम कुरोमा समय ब्यतित गर्नाले अनाबस्यक शक्ति र समयको क्षति मात्रै हुने नभएर आफू पनि ढिलो चाँडो कुनै न कुनै हदसम्म त्यही स्तरको अनाबस्यक हुन पुगिन्छ । समय अमूल्य हुन्छ र समयलाई जहिले पनि रचनात्मक र स्तरिय काम कुरामा लगाइनु पर्दछ ।
राष्ट्रियता भूगोलभित्रमा हुने सीमितताभन्दा बढी भावना र कर्मले प्रमाणित गर्छ । देशभित्र बसेर अनाबस्यक फोस्रा चर्का चर्का कुरा गर्नुले मात्रै राष्ट्रियता झल्काउँदैन भन्ने कुरा प्रमाणित भैसकेको छ – बिशेषत: नेपालको सन्दर्भमा ।
बिदेशमा बसेर नेपालको पहिचानमा अबिछिन्न लाग्ने यति सानै उमेरका चेलीहरुप्रति हार्दिक नमन: ।
श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक