गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड बैंककमा सम्पन्न, क–कसले जिते अवार्ड ?

Spread the love

काठमाडौं । थाइल्याण्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ । म्युजिक ल्याबको आयोजनामा लामो समयदेखि कला क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वहरुलाई सम्मान सहित अवार्ड सम्पन्न भएको हो ।

अवार्ड कार्यक्रममा विविध १६ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा लोक दोहोरी गायिका कल्पना पराजुलीले तिमी मलाई हे सानू बोलको गीतबाट र लोक तथा दोहारी गायिका सरिता अधिकारीले सितारा टलल गीतबाट सर्वोत्कृष्ट लोक दोहोरी गायिका अवार्ड थापे । गायक गोकुल पाण्डेले किन चाहियो मासु भातबाट सर्वोत्कृष्ट लोक दोहोरी गायक अवार्ड जित्दा चाडपर्व गीतको अवार्ड धान झुल्दैछ फुल्दैछ कोदो गीतबाट किरण शर्मा र रातो सारी गीतबाट हेमा राना मगरले सर्वोत्कृष्ट अवार्ड हात पारे ।

यस्तै उमेश सिंह ठगुन्नाले सर्वोत्कृष्ट शब्द लोक गीत अवार्ड (जिन्दगी के छ र), सर्वोत्कृष्ट निर्देशक लोक दोहोरी अवार्ड मिलन श्रेष्ठ (कागती दाना) ले, सर्वोत्कृष्ट मोडल लोक पप अवार्ड हिरालाल सेन्चुरी (पहिलो माया) ले, सर्वोत्कृष्ट निर्देशक लोक दोहोरी अवार्ड रेशम सापकोटा (वृद्धाश्रम) ले, सर्वोत्कृष्ट गायिका मौलिक गीत अवार्ड पवित्रा रिजाल (मायाले बोलायो मलाई) ले पाउन सफल भए । यस्तै मन खायो मायाले बोलको गीतबाट गायक शंकर ढकालले उत्कृष्ट गायकको अवार्ड हात पारे ।

यसैगरी कार्यक्रममा सर्वोत्कृष्ट मोडल लोक तथा दोहोरी अवार्ड मन्जु राना (तीर्थव्रत) ले, सर्वोत्कृष्ट शब्द आधुनिक तथा पप गीत अवार्ड गोविन्द भट्ट (तईको ठमक) ले, सर्वोत्कृष्ट निर्माता टेलिचलचित्र अवार्ड सलबहादुर लिम्बु (कमला) ले, सर्वोत्कृष्ट निर्देशक टेलिचलचित्र अवार्ड भिमसेन गौतम (कमला)ले, सर्वोत्कृष्ट निर्देशक आधुनिक तथा पप गीत अवार्ड देवेन्द्र पाण्डे (मोहनी मायाले) ले, सर्वोत्कृष्ट मोडल आधुनिक गीत अवार्ड रामेश्वर ढकाल (जिन्दगीको बाटो) ले प्राप्त गर्न सफल भएका थिए ।

यसैगरी कार्यक्रममा नेपाली कलाक्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । नेपाली गीत संगीतको प्रवर्द्धन तथा उत्थान अनि, विकास, संरक्षणका लागि स्थापित भएको संस्था म्युजिक ल्याबको आयोजनामा बैंककमा ऐतिहासिक गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड कलाक्षेत्रमा नयाँ इतिहास रच्दै भव्य र सभ्य रुपमा सम्पन्न भएको जनाउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुप्रति आयोजक संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले आभार प्रकट गरे । कार्यक्रम एनआरएनए थाईल्याण्डका अध्यक्ष भबेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।