साँस्कृतिक समाज नेपालले श्रष्टा अभिनन्दन तथा देउडा साँस्कृतिक उत्सव गर्दै

Spread the love

साँस्कृति समाज नेपालले यहि भदौ २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा ‘श्रष्टा अभिनन्दन तथा देउडा साँस्कृतिक उत्सव–२०८१’ आयोजना गरेको छ ।

सुदूरपश्चिम तथा कर्णालीको मौलिक गीत संगीत,कला र सँस्कृतिको संवद्र्धन र प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको साँस्कृतिक समाज नेपालका सचिव सुकदेव अधिकारीले जानकारी दिए ।

सचिव अधिकारीका अनुसार कार्यक्रममा सुदूरपश्चिम र कर्णालीका विभिन्न विधाका स्राष्टाहरुलाई सम्मान गरिने छ । सम्मानित हुँनेमा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल,अभिनेता विराज भट्ट, ओलम्पीयन दीपक विष्ट, कर्णालीका चर्चित देउडा खेलाउडा नेत्रराज शाही,भिम बहादुर थापा,गायीका टिका पुन,लाल बहादुर धामी,बसन्त प्रताप सिंह,र गायक सुरेश शाही रहेका छन् ।

कार्यक्रमको उद्घाटन राष्ट्रपति राचन्द्र पौडेलले गर्ने आयोजकले जनाएको छ ।