अस्ट्रेलियाको स्थानिय चुनाबमा नेपाली मूलका अनन्त राज पौडेलको उम्मेदवारी

Spread the love

मेलबर्न, अस्ट्रेलिया: अस्ट्रेलियाको स्थानिय चुनावमा भिक्टोरिया राज्यको ह्युमा सिटी काउन्सिलमा नेपाली मूलका अनन्त राज पौडेलले उम्मेदवारी दिएका छन । पौडेल आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्रको रुपमा पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने अभिप्रायले कृयाशिल अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा सह-कोषाध्यक्षको रुपमा सकृय छन ।

पौडेलले स्वास्थ्य, रोजगारी र पर्यायबरणलाई चुनावी मूल मुद्धाका रुपमा अगाडि सरेका छन ।

पौडेलको चुनावी अभियानमा साथ दिन यही सेप्टेम्बर २२ तारिखका दिन बेलुकी ५ बजेदेखि १० बजेसम्म 368 Station St., Lalor VIC – 3075 मा आयोजना गरिने कार्यक्रममा अस्ट्रेलियाको भिक्टोरिया राज्यको मन्त्रीको जिम्मेवारी निर्बाह गरिराखेकी नातालिय हटचिन्सले उपस्थिति जनाउनेछिन ।

अस्ट्रेलियाको स्थानिय चुनाबमा मेयर तथा उपमेयरका लागि छुट्टै उम्मेदवार उठ्ने प्रचलन छैन, तर यही चुनाबमा प्राप्त मतका आधारमा बिजयी जो पनि ब्यक्ति मेयर तथा उपमेयर बन्न सक्नेछ ।

यो चुनाबमा पौडेलको बिजयको प्रश्न मेलबर्नमा बनिराखेको नेपाली मन्दिरको गुरु योजनालाई मूर्त रुप दिने कार्यमा समेत प्रभावकारी हुने भएकाले पनि उन्को उम्मेदवारीलाई भिक्टोरिया राज्यमा बस्ने सबै नेपालीले निर्बिकल्प रुपमा साथ र सहयोग दिनुपर्ने रुपमा लिइएको छ ।
यो चुनावी अभियानमा सफलअताको लागि हार्दिक शुभकामना!!!💐💐💐

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुक