लोकप्रिय लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल नेपाल फर्किए, बहिनी कल्पना गुरुङ ले सुनको औँठी लगाएर बिदाई गरिन |

Spread the love

लोकप्रिय लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल आफ्नो ३ महिना ४ दिनको बेलायत को सांगीतिक भ्रमण सकेर आज नेपाल फर्केका छन् । गायक पौडेल ले बेलायत छदा दुई दर्जनभन्दा बढी कार्यक्रममा आफ्नो प्रस्तुति राखेका थिए, गायक पौडेल लाई उनको आफ्नो मीत बा को छोरी बहिनी कल्पना गुरुङ र ज्वाइँ मनकुमार काउछाले सुनको बेरुवा औंठि एव खादा लगाएर बिदाई गर्नुभएको हो, गायक पौडेल बेलायत बसुन्जेल आफ्नै बहिनि ज्वाई संग बस्नुभएको थियोे ।

लोकदोहोरी गायक चोलेन्द्र पौडेल को बुवा स्व. लेखनाथ पौडेल र कल्पना गुरुङ को बुवा स्व. सिताराम गुरुङले सानै उमेरमा मितेरी साईनो लगाउनु भएको थियो ।।यसैगरी गायक पौडेल का लागि september 29 का दिन बहिनि ज्वाई को संयोजन मा राखिएको बिदाई कार्यक्रम मा पाल्नु भएका सम्पुर्ण सघं संस्था एव ब्यक्ति विशेषलाई लाई गायक चोलेन्द्र पौडेल एव बहिनि ज्वाई कल्पना गुरुङ र मन कुमार काउछा ले धन्यवाद एवं आभार व्यक्त गर्नु भएको छ । गायक पौडेल nepal britain.com को निमन्त्रणामा बेलायत आउनुभएको थियोे ।