पालुङ्टार नगरपालिका २ र सिरान्चोक गाऊपालिका ३ को संगमस्थल काग भुसुन्डे खोलामा तेस्रो ऐतिहासिक पर्यटकिय तथा धार्मिकस्थल कागबेनी साँस्कृतिक एवम् धार्मिक मेला भव्य रूपमा सम्पन्न भएको छ ।
पालुङ्टार नगरपालिका र सिरान्चोक गाऊपालिकाको शान,
धर्म, कला, संस्कृतीको जगेर्नामा हाम्रो हातेमालो अभियान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रमको मुख्य उदेश्य नै धार्मिक पर्यटन प्रवर्धन एवम् स्थानीय कला संस्कृतिको प्रचारप्रसारसहित दिर्घकालिन रुपमा जोगाईराखी नयां पुस्तालाई पुस्तान्तरण गर्नु नै हो ।
बर्सेनी माघ्रे सक्रान्तीको दिन यो पवित्र स्थानमा मेला लाग्ने गर्छ ।
यस बर्ष पनि कागबेनी मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भयो ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देवकोटाको प्रमुख आतिथ्यता, पालुङटार नगरपालिकाको नगरप्रमुख बिबश चिन्तन, सिरान्चोक गाउंपालिकाको अध्यक्ष ज्ञानेन्द्र गुरुङ, विभिन्न वडाका बडाअध्यक्षहरु संगै समाजसेवी तथा व्यवसायीहरु उपस्थितिमा सम्पन्न कार्यक्रमको अधयक्षता भने सस्थाका अध्यक्ष रमेश पोखरेलले गरेका थिए ।
सस्थांका सचिव दिपक घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।सिरान्चोक गाउंपालिका ४ का बडा अध्यक्ष भरत हमालले शुभकामना दिदै आफ्नो कार्यकालमा अधुरो स्टेज पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
समाजसेवी तथा व्यवसायी नविन गुरुङले कार्यक्रमको सफलता संगै अगामि दिनमा मन्दिरसम्म आउने गाव्रेल बाटो बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यकममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तनले मन्दिर प्रागणको ग्राउन्ड सानो भएकाले उक्त गाउन्ड फराकिलो बनाउन बजेर बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रमुख अतिथी कृष्ण चन्द्र देवकोटाले कार्यक्रम सफलताको शुभकामना सहित कागबेनी मन्दिरबाट सिरान्चोक गाउंपालिका बडा नम्बर ४ को बडा कार्यलय जाने बाटो र भुसुनो खोलामा पक्कि पुल बनाईदिने उद्घोस गरेका छन् ।
स्वर्गीय श्रीमती नन्द कुमारि कोईराला, छोरा कृष्ण बहादुर कोईराला र छोरी मिराको सम्झनामा सिरान्चोक गाउंपालिका ४ का स्थानिय भक्त बहादुर कोईरालाले मन्दिर भवन बनाएका थिए । उनलाई दोसल्ला अडाएर, पन्चेबाजा बजाएर मन्दिर परिक्रमा गराईएको थियो ।
लायन्स क्लव, आंखा हस्पिटल र नेत्र ज्योति संघ गोरखाले राखेको स्वास्थ शिविरमा झन्डै २०० सय जनाले आँखाको उपचार गरेका थिए । ६८ जनालाई चस्मा दिइएको र १ जनालाई मोतियाबिन्दु भएकाले हस्पिटल रिफर गरिएको थियो ।
मेलामा सारङ्गी संसार सहित कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । गोर्खाली चर्चित गायक सन्यय गुरुङ, रेजिना परियार, हरिराम परिया, सुमित्रा तामाङ, रामजी पौडेल, नारायण दानी सहित स्थानिय कलाकारहरूले प्रस्तुति रहेको थियो । लाईव दोहोरीमा स्थानिहरू निकै झुमेका थिए ।
अध्यक्ष पोखरेलले कार्यक्रम समापन गर्दै अगामि दिनमा कागबेनि मन्दिरलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा प्रचारप्रसार गरि अझै मन्दिरलाई व्यवस्तित गरि मन्दिर परिसर भित्र पोखरी सहित १०८ धारा बनाउने, स्टेजलाई व्यवस्थित गर्ने र खोलामा तटबन्धन गरि मन्दिरको संरक्षण गर्ने बताएका छन् ।