१४ मार्च, स्केटपार्क, टार्नेट, मेलबर्न: मेलबर्न नेप्लिज कम्युनिटी वेष्टद्धारा टार्नेटको स्केटपार्कमा आयोजित फागु कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष एबं गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घले, अस्ट्रेलियाको संघिय सांसद उम्मेदवार मिरा डि सिल्भा, विन्डेमभेल काउन्सिलकी मेयर मिया शा तथा कार्यक्रममा उपस्थित अन्य अतिथिहरु नेपाली गीतमा छमछमी नाचेका छन ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्र लेखा यादव, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष एबं गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घले, अस्ट्रेलियाको संघिय सांसद उम्मेदवार मिरा डि सिल्भा, विन्डेमभेल काउन्सिलकी मेयर मिया शा, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष दुर्गा आचार्य, भिक्टोरियाका लागि अबैतनिक बाणिज्य दूत निराजन गौलीले शुभ कामना मन्तब्य गरे ।
कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा तिलक पोखरेल, गैर आवासीय नेपाली संघ आइसिसिका पदाधिकारीहरु नारायण काफ्ले र नारायण कटुवाल आदिको उपस्थिति थियो ।
स्थानिय कलाकार प्रकाश सापकोटाका बिभिन्न गीतमा सहभागीहरु छमछमी नाचे भने बाल कालाकारहरुद्धारा नेपाली गीतमा नाचको कौशलता प्रदर्शन गरे ।
कार्यक्रमा सफल तुल्याउन संस्थाका अध्यक्ष मनिषा अर्याल, उपाध्यक्ष डा किशोर वैद्य, बिक्रम शर्मा आदि पदाधिकारीहरु निकै खटेका थिए ।
नाचको भिडियो