काठमाडौं । हामीले कार्यक्रमको यस अघिको अंकमा निधन भईसकेकी एक युवतीको रहस्यमय भिडियो प्रशारण गरेका थियौँ । आत्महत्या गर्नुअघि आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी यी युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन् ।
उनको शबसँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उनका आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनका आफन्तले मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरी उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ । हामीले प्रशारण गरे लगत्तै संसारभरका नेपालीको ध्यान आर्कषण भएको छ ।
भिडियोमा उनले आफुलाई बलत्कार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ती बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन् । श्रेष्ठ कुनै पनि हालतमा ती व्यक्तिलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ।
अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टमीको आत्महत्या पछाडि जोडिएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिइएको छ ।
अस्टमीले आत्महत्या गरेका भनिए पनि उनले मर्नुअघि रेकर्ड गरिएको भिडियोको आधारमा उनको हत्या गरिएको वा आत्महत्याका लागि बाध्य पारेको देखिन्छ ।
अहिले युएईमा रहेको नेपाली दुतावास र एनआरएन युएईको पहलमा अस्टमीलाई बलत्कार गर्ने बंगलादेशी युवकलाई युएई छोडेर भागन नदिन युएई प्रहरीले ईमिग्रेसनलाई आग्रह गरेका छन् ।