राशिफल (२०७४ मार्गशीर्ष २७ गते/२०१७ डिसेम्बर १३)
December 12, 2017 राशिफल
भोलि वि.सं. २०७४ मार्गशीर्ष २७ गते बुधबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १३ तारिख
भोलिको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने सफला एकादशी व्रत
पौष कृष्णपक्षको एकादशी तिथि, मध्यरात्रीपछि ०५:४१ बजेसम्म, त्यसपछि द्वादशी तिथि,
चित्रा नक्षत्र, मध्यरात्रीपूर्व ११:५८ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र,
भोलिको चन्द्रमा कन्या राशिमा, दिउँसो ११:३१ बजेसम्म, त्यसपछि तुला राशिमा,
शोभन योग, मध्यरात्रीपछि ०४:२० बजेसम्म, त्यसपछि अतिगण्ड योग,
सुरुमा बब करण साँझ ०५:३० बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०५:४१ बजेसम्म, अन्तिममा कौलव करण,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे
भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ११:५८ देखि ०१:१५ सम्म
यमघण्ट : बिहान ०८:०४ देखि ०९:२२ सम्म
गुलिक काल : दिउँसो १०:४० देखि ११:५८ सम्म
भोलिको वारवेला :–
लाभ वारवेला : बिहान ०६:४६ देखि ०८:०४ सम्म, साँझ ०३:५१ देखि ०६:५१ सम्म र मध्यरात्रीपछि ०५:०४ देखि ०६:४६ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:१५ देखि ०२:३३ सम्म र बेलुका ०६:५१ देखि ०८:३३ सम्म
शुभ वारवेला : दिउँसो १०:४० देखि ११:५८ सम्म र बेलुका ०८:३३ देखि १०:१५ सम्म
अमृत वारवेला : बिहान ०८:०४ देखि ०९:२२ सम्म र बेलुका १०:१५ देखि ११:५८ सम्म
चर वारवेला : दिउँसो ०२:३३ देखि ०३:५१ सम्म र मध्यरात्रीपूर्व ११:५८ देखि ०१:४० सम्म
रोग वारवेला : दिउँसो ११:५८ देखि ०१:१५ सम्म र मध्यरात्रीपछि ०१:४० देखि ०३:२२ सम्म
काल वारवेला : बिहान ०९:२२ देखि १०:४० सम्म र मध्यरात्रीपछि ०३:२२ देखि ०५:०४ सम्म
भोलिको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ काममा हात हाल्नु त्यत्ति उपयोगी हुँदैन । समग्रमा आज मध्यमफल प्राप्त हुन्छ । राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।
ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११ www.jyotishsathi.com