बहिनी इन्दु !
तिमिले लेखेका शब्दहरूले कहिलेकाहीँ भावनात्मक बनाउँछ मलाई । देशको सम्झना हरेक नागरिकलाई आमाको सरोवरी झैँ लाग्छ । हिजोको अट्वारी फेसबुकमा साथीहरूले पोष्ट गरेको तस्बिर हेरेर चित्त बुझाइयो । बिदेशबाट मुनाले happy atwari रेशम दाइ भनेर status लेख्दा मन भक्कानिएर जवाफ दिन सकिन । चिजालाई अग्रासन दिन सकिन भनेर माफी मागें । फेसबुकमै तिम्रो लेख पढें, नाम इंगित नगरेपनी त्यो पात्र मै हुँ भन्ने कुरामा संका रहेन । दुईवटा अनदिको रोटि र केही परिकार बनाएर खान नसक्ने मेरो चेलीबेटीहरु पक्कै त्यस्तो नहोलान् तर माइतिको मिसिएको मायाको तुलना धनराशि र चौरासी ब्यन्जन संग कहाँ हुन्छ र ? आजभोलि सामाजिक संजालले संसार सानो भएको छ । फेसबुकमै परिचीत बहिनी सरिनलाई पनि आश्चर्यको अग्रासन दिने इच्छा थियोे तर सब मनोकांक्षा झुठो मुद्दाले तुहाइदिएको छ।
मलाई मुद्दा लगाउने सरकारसंग न त कुनै प्रमाण छ, न त मान्छे मार्नेजस्तो घृणित कार्य म बाट हुन्छ । मेरो दोष भनेकै खरो बोल्नु, न्यायको लागि लड्नु, असामाजिक तत्वका विरुद्ध हुंकार छोड्नु नै हो । मलाई झुठो मुद्दामा फसाएर केहिदिन राहतिलो स्वास त फेर्न सकिएला तर अजर अमरत्वको संबाहनको कुनै बाँध हुँदैन । अग्लाईमा थिग्रीएका पानीले कुनैदिन बाटो खोज्छन् नै । म रहुँला या न रहुँला, हुनसक्छ बर्षौं बहिनीहरुले अग्रासन खान नपाउलिउ तर मेरो चाहना भनेको समुन्नत मुलुकको बिकास र आफैभित्र बाट पहिचानको निकास हो । जसले आफ्नालाई सम्मान गर्न सक्दैन बहिनी,उ अरुबाट कहिल्यै सम्मानित हुनसक्दैन । समग्रमा पहिचान सम्मान हो नत्र आज लाखौंले सामाजिक संजालमा अट्वारीको बिदा माग्ने थिएनन्, तर बहिनी हामी यतिसम्म बिभेदको सिकार भएका छौँ कि जसको कल्पना समेत गर्न सकिँदैन । हामी त्यहिदेशका नागरिक हौँ जुन देशमा जनै फेर्नका लागि सरकारी बिदा दिइन्छ तर हाम्रो महान पर्वमा पनि थारुहरु भोकभोकै कार्यालय धाउनुपर्ने हुन्छ । अस्ति तिजमा सरकारी बिदा भो तर तिमिले अग्रासन पाउने अट्वारीको बिदा समन्धमा कुनै नश्लिए लेखकले ठुला पत्रीकामा दुइशब्द कोर्नपनी सकेनन् । हिजो मेरो status मा कुनै एकात्मक नश्लिए बंशका मित्रहरूले like र कमेन्ट गरेनन् । कम्तीमा रेशम जि – हो बिदा पाउनुपर्छ भनेर लेखिमात्रै दिएको भए चित्त त बुझ्थ्यो तर त्यस्तो कुन्नी किन हो आजसम्म हुनसकेन ।
मेरा त्यस्ता धेरै फेसबुकका साथीहरू छन जो मसंग एउटा कुरा गर्छन् र अर्काको inbox मा अर्कै कुरा गर्छन् । मलाई तपाई महान हुनुहुन्छ भनेर च्याटिङ्ग गर्ने साथीहरू अर्कोको कमेन्टमा हत्यारा लेख्न किंचित पनि हिच्किचाउँदैनन् । म त माटो र मुलुकको कुरा गर्दागर्दै थाकिसकेको छुँ बहिनी । लाग्छ मेरो आँसुले नै अब सबकुराको बगावट गर्ला ।
मलाई आशा थियोे यसपालिको अट्वारी पक्कै घरमा मनाउन पाइएला तर केहिदिन पहिले एक सरकारी मन्त्रीसंगको संवादले यो पर्वमा पुर्णबिराम नै लागेको थाहा पाएँ । अचम्म र दुखका साथै दयापनि लागेर आयो । जो संग हामी पहिचानको आन्दोलनमा जिन्दावाद र मुर्दावाद गर्दैथियौँ ती साथीहरूले तिनै तहको निर्वाचन भन्दा अगाडि हामीलाई कुनैपनी हालतमा छोड्नुहुँदैन भनेर सरकारमा सहभागी भएकाछन रे ! म त हाँसेर बेहोस मात्रै हुनसकेन । यस्तो स्वार्थको बाबजुद पनि हाम्रो आन्दोलनले एकदिन निकास त अवश्य पाउँछ नै तर स्वार्थी साथीहरू लुक्ने दुलोचाँहि खोजेका छन् कि छैनन् ? यो भने गर्भास्था जस्तै छ।
जेहोस् एउटी बहिनीले अग्रासनको पिडासंगै हाम्रो स्वतन्त्रता र पहिचानका लागि दाजु समर्पित जुन शब्द खर्चियो त्यो प्रती भावनात्मक अनुग्रहित छुँ बहिनी । अट्वारिको अग्रासन नभएपनी माघिको निस्राउर जरुर पाउनेछौ । लेख्न धेरै मन भएपनी हरियाणाको कर्फ्युले टिकापुरको जस्तै मन झस्काएको छ । बाँकी फेरि संजालमार्फत जोडिउँला अहिलेलाई बिदा पाउँ।
उहीँ दाजु रेशम ।