महेश भट्टराई,
लौ हेर अमेरिका !
(सत्य घटनामा आधारित)
आज अमेरिका बाट मलाई हेर्न केटा आउदैछ । मन मनै म पनि अमेरिका जान पाउने भएकोमा खुशी भएकी छु । बिबाह गर्दिन हुन्न भनि हाल्न सकिन । म भर्खर एक्काइस बर्षकी भए। ब्याचरर्स तेर्सो सेमेष्टरमा पढ्दै छु।
उमेर तिस काटी सकेको भए पनि केटा भने छि भनि हाल्ने थिएन । डि भी परि अमेरिका गएको रहेछ । स्टोरमा एकाउन्टेन्ट काम गर्छ रे ।
बाबुआमा आफु हरू पनि तेल भिषा, भिजिटर्स भिषामा गै घुम्न पाउने र बुढेसकालमा ग्रिनकार्ड लिई अमेरिका जान पाउने कुरा मन मनै खेलाउदै मख्ख थिए ।एकाउन्टेन्ट अमेरिकामा यत्तिको केटाले सजिलै पाल्छ । मलाई फकाई फुलाई गर्दै थिए । आज सम्म प्लेन सम्म नचढेका र बिदेशी नटेकेका बाबुआमा अमेरिका शरर खुशी पनि कसरी नहुन र !
कलेजका साथीहरू पनि प्लस टु सकिए पछि धेरै तेतै नै गै सकेका थिए । कति बिस तिस लाख खर्च गरि ते तै जाने शुरमा । मैले पनि सपना बुन्न थाले र मौका गुमाइन ।
“आज म धेरै थाकेको छु भोली कुरा गरौला है ” भन्दै घुपुल्क परि बच्चा जस्तै निदाउन थाल्नु भो ! म भने मन भित्र का धेरै कुरा हरू साटा साट गर्न दिन भरि बाटो हेरि कुरिरहेकी थिए ।
उहाले केहि नभने पनि उहाको हाऊभाउ अनुहार र ब्यबहारले कामको थकाई र मानसिक तनाव स्पष्टै देखिन्थ्यो ।
दैनिक १२ घन्टे काम खानु सुत्नु दैनिकी नै भै सकेको थियो ।
अमेरिका घुम्ने ठुला ठुला शहर, अग्ला अग्ला घर, बिशाल समुन्द्रको अगाडि फोटो खिचेर फेसबुकमा राख्ने रहर रहर मै सिमीत भएको थियो ।
नेपालबाट साथीहरू खै दुई चार फोटा अपलोड गर न हामी पनि हेरौ न भनि म्यासेज पठाउछन ।
नेपालमा बिबाह हुने साथी हरू भने कति हाकिमको श्रीमती बनि पिउन कजाएर बसेका छन । जागीर खानेहरू पनि आफु खुशी सुख संग बाचेका छन ।
आफु भने के के न अमेरिकाको शुख छोप्न आएकी कम्युनिटी कलेज गै ए बि सि डि सिक्दैछु । नेपालमा हड्डी घोटी पढेको पढाई नि खाल्टोमा । हुन त नर्सिड पढेको भन्दै बिबाह गरेका बुढा कै साथी कि श्रीमती पनि अंग्रेजी पास हुन नसकी म संगै पढ्दैछिन । अझै नेपालबाट डिग्री र पिचडी गर्ने पनि ।
इन्डिएनको रेष्टुरेन्टमा पाउरोटी पकाउने, दैलोकुचो देखि सबै सबै काम सिख्दैछु ।
साथीहरू नेपालबाट के गर्छिस भनि सोध्छन मुटु भरि भक्कानो पार्दै भन्छु “एकाउन्टेन्ट” ।
काम ठुलो सानो हुदैन रे यंहा । तर काम त कामै नै त हो हजुर । एक छिन थुचुक्क बस्न दिने होइनन । मेरो गाऊको हजुर बा को घरमा काम गर्ने ठुले वा हलि लाई भन्दा नि कडा । तर सबै जसो यस्तै यस्तै काम गर्छन । हेरेर तै चुप मै चुप ।
एक दिन “हामी पनि लस भेगस, लस एन्जल , न्युयोर्क , डि सी तिर घुम्न जाऊ न ” मात्र के भनेकी थिए आफु लाई पनि कति रहर छ तर कामको चाप र पैसा कै अभावमा जान नसकेको त हो नि प्रिय भनि मुख नै मलिनो बनाउनु भयो । बिचरा आफै नै घुम्न जान पाउनु भा रैनछ । मैले पनि मन बुझाए ।
हुन पनि हो बिबाह अघि उहाँ चार पाच जना संगै कोठामा बाडचुड गरि मिलेर थोरै खर्चमा बसेको मानिस । बिबाह पछि सिंगल रूम खर्च पनि बढि, कमाएको जति सबै भाडा, बिजुली, पानी, इन्टरनेट, फोन, कलेज फिस र कारको किस्ता मै जान्छ । के गरून बिचरा बुढाले, माया लागेर आउछ कैले त ।
हुन त डबल बेड लिएर मिलेर बस्दा दुई चार सय बचत त हुने रहेछ तर भन्न सजिलो मिलेर बस्न सारै गारो ।
सुन्छु फ्रिजको आधा आधा भाग लगाएर बस्छन रे । बाथरूम जादा लाइन । टि भी को कुन शो हेर्ने मै बिबाद । मलाई के खाना मन पर्ला, अरू लाई के । महिनै पिच्छे सानो सानो कुरामा किचकिच र मन मुटाब भै छुट्टिनु भन्दा यो दुख नै ठिक ।
अझै सुन्छु न्युयोर्क जस्ता ठुला शहर तिर त साना साना कोठामा एउटै कोठामा अट्ने जति नै बस्छन अरे ।सबै कुरा लाइन लाएर वा पालो कुरेर ! काठमान्डौ को डेरा भन्दा नि दुख संग बस्छन रे । तर कुरा सारै ठुला गर्छन रे ।
ब्यापार गर्नेहरू पनि पैसा त कमाउछन तर जिनव कष्टकर नै छ रे । श्रीमान श्रीमती र छोराछोरी भेटघाट नै मुस्किल हुन्छ रे । सधै ब्यस्त , सधै ब्यस्त !
सबै नै तेस्तो कहा हो र ! कतिले त पढे लेखेर ठुलो राम्रो जागीर खाएका छन रे । ठुला ठुला घर छन रे , बर्षै पिच्छे घुम्न जान्छन रे, कोहि पांच दिन मात्र चालिस घन्टा काम गर्छन रे । कोहि कोहि त हप्तामा बाह्र घन्टे तिन दिन मात्र गर्छन रे ! कोहि त घर मै बसेर काम समेत गर्छन रे ।
शुख पनि नभएको त कहा हो र ! विश्वमा सबै भन्दा शुख पाउने र अवसर पाउने देश हो रे । पैसा र मन भए संसारको सबै खुशी यहि पाइन्छ रे । त्यसैले होला विश्व कै मानिस अमेरिका भने सि मर्छन ।
मेरो पनि दिन कति नआउला र बुढा इमान्दार र मेहनती हुनुहुन्छ । म पनि त मिहिनेत गरि पढ्दैछु ।
तर पनि म भने अमेरिका भित्रै “अमेरिकन सपना” बुनेर बसेकी छु ।
एक दिन म पनि ठुलो शहर र समुन्द्रको छेऊमा फोटो खिची फेसबुकमा राख्नेछु र भन्नेछु
“लौ हेर अमेरिका” !
रबि लामीछाने अमेरिका छाडी नेपाल जानु पर्ने शनसनी पूर्ण खुलाशा