काठमाडौ-राजनीति मुलुक निर्माणको मूल आधार हो । देशको उन्नति एवं प्रगतिको मेरुदण्ड राजनीतिको बागडोर हाँक्ने नेतृत्व सबल र सक्षम हुनुपर्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । राजनीतिमा लाग्नेहरूले व्यक्तिगत एवं पारिवारिक स्वार्थभन्दा माथि उठेर मुलुकका लागि आफ्नो समय, श्रम र सीप खर्चिनुपर्छ भन्ने मान्यता पनि छ ।
विगतका कतिपय निष्ठावान् नेता पारिवारिक दायित्व र कर्तव्यभन्दा पर मुलुकको हितका लागि तल्लीन भएको हमी पाउँछौं । प्राय: नेताका श्रीमतीहरू आफ्ना रुचि एवं इच्छा–आकांक्षालाई खुम्च्याएर बसेका पाइन्छन् । नेताकी श्रीमती हुनु सहज रहेनछ भन्ने कुरा उनीहरूमा बोध भएको देखिन्छ ।
धेरैलाई लाग्न सक्छ, शीर्ष नेताका श्रीमतीहरू विलासी जीवन बिताउँछन् वा उनीहरूलाई कुनै कुराको कमी हुँदैन तर यथार्थ फरक छ । कल्पनाको संसारमा देखिने सारा चीज वास्तविक जीवनमा ब्युँझिएपछिको सपनासरह हुन्छ । हेर्दा आँखाले जे देख्छ यथार्थमा त्यसो हुन गार्है छ ।
सरस्वती ज्ञवाली, श्रीमती, प्रदीप ज्ञवाली, नेकपा एमाले
प्रदीप ज्ञवालीले गुल्मीमा बालविवाहविरुद्ध गरेको भाषण सुनेर उपस्थित मानिसहरूले यिनकी आमा कति भाग्यमानी, यिनकी जहानलाई कति सुख होला भनेर जिब्रो काढे, तर त्यसपछिको पहाडजस्तो दुस्ख आँकलन गर्न धेरैलाई हम्मे–हम्मे पर्ने नेता ज्ञवालीकी श्रीमती सरस्वती ज्ञवालीको तर्क छ ।
पाल्पाकी सरस्वतीलाई गुल्मीका प्रदीपसँग पार्टीले भेट मात्र गराएन विवाह नै गराइदियो । विवाहपछि उनीहरू सँगै बस्न पाएनन् । उतिबेला गुल्मी र अर्घाखाँचीमा शिक्षण पेशामा आबद्ध सरस्वतीले विवाहपछिका तीन वर्ष ग्रामीण विकास बैंक बुटवलमा काम गरिन् । त्यसपछि युनिसेफअन्तर्गतको सिलाइ–कटाइ प्रोजेक्टमा काम गरिसकेपछि उनले इन्सेकलाई आफ्नो कार्यक्षेत्र बनाइन् ।
व्यावसायिक तथा राजनीतिक रूपमा सक्रिय सरस्वती आमा बनेपछि जीवनका ती सारा सुन्दर पक्षलाई तिलाञ्जलि दिँदै विशुद्ध गृहिणीमै सीमित भइन् ।
भयो के भने पञ्चायती व्यवस्थाताका सुरक्षाकर्मीहरू पार्टीका गोप्य कागजात छापा मार्ने उद्देश्यले उनको घर खानतलासीका लागि आए, जतिबेला उनी ७ महिनाकी गर्भवती थिइन्, हतार–हतार गोठमाथि परालको थुप्रोमा कागजपत्र लुकाएर फर्कने क्रममा सरस्वती लिस्नोबाट चिप्लिएर भैंसी बाँध्ने किल्लामा पछारिइन् ।
जसको चोट गर्भस्थ शिशुको टाउकोमा लाग्यो । परिणामस्वरूप प्रदीप–सरस्वतीकी जेठी छोरी जन्मिँदै मस्तिष्क पक्षाघात लिएर जन्मिइन् । छोरी जन्मिएयता सरस्वतीको दैनिकी मात्र परिवर्तन भएको छैन उनको त्याग र बलिदान उदाहरणीयसमेत भएको छ ।
२९ वर्षदेखि आजसम्म एउटी आमाले छोरीलाई दूधेबालक झैं रातदिन काखी च्यापेर बस्नु सहज र चानचुने कुरा होइन । यसका साथै सन्तान तथा परिवारको हेरचाह र व्यवस्थापन सरस्वतीले नै गरिरहेकीले आफू स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय रहन सकेको स्वीकार गर्छन् प्रदीप पनि ।
राजनीति भनेको देशको मेरुदण्ड हो, नीति–निर्माण गर्ने भनेकै राजनीतिमार्फत हो–राजनीतिप्रतिको दृष्टिकोण व्यक्त गर्दै सरस्वतीले भनिन््–त्यसैले दुईमध्ये एक छोराले बुवाको पथ पछ्याएर देशको सेवा गरून् जस्तो लाग्छ । ज्ञवाली आफूले राजनीतिको अप्ठ्यारो बाटो रोजेर कहिल्यै बिलासी जीवन नचाहेको बताउँछिन् । त्यतिबेला राजनीतिज्ञलाई छोरी दिइयो, छोरीले दुस्ख पाउली भन्ने थियो सरस्वतीको माइतीमा ।
अहिले प्रदीप सबैभन्दा सम्माननीय र प्रिय ज्वाइँ भएका छन् । घरायसी व्यवस्थापन सरस्वतीले गरे पनि आर्थिक पक्षमा प्रदीपको योगदान रहन्छ । घरमा आइरहने कार्यकर्ताको भीडभाडसँग उनलाई कहिल्यै दिक्क लाग्दैन । छोरीको स्याहार, कार्यकर्तालगायत आफन्तहरू भेटघाटमा आइरहने वातावरण नै उनलाई रमाइलो लाग्न थालेको छ ।
सरस्वतीले भनिन्–‘मैले आफ्ना लागि भन्दा पनि छोरी र परिवारका लागि बढी बाँच्नुपर्छ । मैले मानवधर्मलाई पनि यसरी नै बुझेकी छु । उहाँलाई खाना पस्किएर खाँदै छोरी पनि हेर्नु भनेर हतार–हतार नजिकैको पसल गएर महिनाभरिलाई पुग्ने खाद्यसामग्रीका साथै अन्य आवश्यक कुरा लिएर आउनुपर्छ ।’
आफूले पार्टीलाई दिएको योगदान र सूक्ष्म रूपमा राजनीतिसँगै जोडिएको घटना र त्यागले श्रीमान्लाई आज यो अवस्थामा पुर्याएको कुरा नबुझिदिँदा सरस्वतीको मन खिन्न हुन्छ । सरस्वती भावुक हुँदै भन्छिन्–कसैले आन्दोलनमा अघि सरेर एक थोपा रगत चुहाएको मूल्यांकन अर्कैै हुन्छ तर मेरो जीवनभरको त्यागको खै लेखाजोखा ?
वास्तवमा सरस्वती नहुँदी हुन् त प्रदीपको राजनीतिक करियर धरमरमै पथ्र्यो । उनको सफलताको पछाडि सरस्वतीको त्याग र बलिदानको अतुलनीय योगदान छ । आफ्ना श्रीमान् राजनीति गर्नै जन्मिएको बताउने सरस्वतीलाई प्रदीपको स्वास्थ्यप्रति बेवास्ता गर्ने स्वभाव मन पर्दैन ।
समयमा नखाने, स्वास्थ्यप्रति चिन्ता नलिने उहाँको बानीले मलाई हैरान बनाउँछ–श्रीमान्का राम्रा–नराम्रा पक्ष केलाउँदै उनले भनिन्–‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उहाँले जुन भूमिका खेल्नुभयो त्यो मुलुकका लागि ठूलो योगदान हो । अर्को कुरा मप्रति अत्यन्तै विश्वास गर्नुहुन्छ जसले मलाई बलियो बनाएको छ ।’
श्रीमतीका सम्बन्धमा प्रदीप
मेरो जीवनका दुई महिला आमा र श्रीमती मेरो व्यक्तित्व निर्माणका खम्बा हुन् । निडर, दर्हो मनोबल भएकी, मेरा निम्ति अत्यन्तै भरोसायोग्य साथी हुन्–सरस्वती । संघर्षशील त छिन् नै मानिस खुट्याउन सक्ने प्रशस्त क्षमता छ उनमा । उनी थुप्रै कुरामा मेरो सल्लाहकारका साथै दरिलो साथ र सहयोगकी सहयात्री हुन् । नारीबाट