सामान्यतयाः दुःख वा पीडामा मानिसले दैब (भगवान)लाई पुकार्ने गर्छन् । विपत्तिका बेला रक्षा गर्न भगवानसंग प्राथना गर्छन । तर, पीडा असह्य भएपछि र एकपछि अर्को गर्दै विपत्तिको चाङ लाग्न थालेपछि भगवानप्रति पनि मानिसको विश्वास उठ्दो रहेछ र भगवानलाई नै आफ्नो विपत्तिको मुकदर्शक मान्दो रहेछ । यस्तै दृश्य देखियो म्याग्दीको मालिका गाउँपालिकावडा नं २ रुमको बेली गाउँमा
“दुःखीको घरमा मात्र तेरो वास हुने भए, हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे” साहित्यकार बालकृष्ण समको माथिको पंक्तिले बोल्ने भाव विहीवार मलेशियाबाट आफ्नो कान्छो छोरा धर्मलाल रोकाको शव बाकसमा बोकिएर घरको आगनमा झारेपछि स्व. रोकाका आमा लिलमति रोका र बुबा धनवहादुर रोकाले व्यक्त गरे । प्यारालाइसेसबाट ग्रस्त ७२ वर्षिय बुबा धनवहादुर र पेटको रोगी ६८ वर्षिया आमा लीलमतिले छोराको शब आएको बाकसमा मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेकोमा मुर्छित नहोउन्जेलसम्म विलौना गरे ।
सवैभन्दा पहिला वैदेशिक रोजगारीका लागि माहिला भक्तवहादुर रोका कतार गए । त्यतिवेला उनी २१ वर्षका थिए । कतार गएको दुई वर्ष पनि नपुग्दै उनको मृत्युको खबर आयो । उनको शव कार्गोमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा झारियो । त्यतिवेला शब बुझ्न बुबा धनवहादुर काठमाण्डौमा नै गए । उनको काजक्रिया पनि काठमाण्डौंमा नै गरियो ।घरको आर्थिक अवस्था कमजोर भएकाले माहिलो भाइको मृत्युको लगत्तै जेठा तमवहादुर रोका पनि कमाउनका लागि मलेशियामा गए।
मलेशियामा एउटा मोटर कारखानामा काम गर्दा गर्दै सात महिला पनि वितेको थिएन उनको पनि मृत्युको खबर आयो । आज भन्दा दश वर्ष अघि ३० वर्षको उमेरमा जेठाछोराको लाश पनि कम्पनिले घरमा नै पठाइदिएको थियो । कम्पनिले आश त पठायो तर आजसम्म पनि कुनै राहत र सहयोग नपाएको साहिला छोरा थमवहादर रोकाले बताए
छोराको सबमा यसरी झम्टिएर रोइन आमा l प्रस्तुत छ म्याग्दीको मालिका गाउँपालिकावडा नं २ रुमको बेली गाउँमा पुगेर तयार पारिएको यो कहालीलाग्दो घटना(स्थलगत रिपोर्ट)