धन भन्दा बिद्या ठुलो भन्ने कुरा स्कूल पढ्दा बादविवाद प्रतियोगितामा धेरै बिद्यार्थी पढ्दै र घोक्दै आएको बिषय हो | प्राय गरेर धन भन्दा बिद्या ठुलो भन्ने बिषयमा बोल्न सबैले मन पराउछन् | तर जब त्यही बच्चा हुर्किदै जान्छ उसले बिद्या भन्दा धन ठुलो भन्ने सोच्न थाल्छ किनकि धन को कारण उसले भबिष्य निर्धारण गर्ने शिक्षा बाट बन्चित हुनुपर्छ | जति जति नेपालमा प्राइवेट बिद्यालयको संख्यात्मक वृद्धि हुदै गयो त्यति त्यति गुणस्तरिय शिक्षा मा ह्रास आउदै गएको छ | पछिलो समय गुणस्तरिय शिक्षामा भन्दा ब्यबसायिक शिक्षामा सबैको ध्यान केन्द्रित भएको छ | बिद्यालय ब्यबसाय बनेका छन् | गुणस्तरमा भन्दा संख्यात्मक हिसाबले बिद्यालयको वृद्धि हुदै आएको छ | आयस्रोत र मुनाफाको हिसाबले बिद्यालय संचालन गर्नेहरुको लहर चलेको छ | नेपाल सरकार ,अनुगमन गर्ने निकाय र बिद्यालय बीच पछिल्लो समय यस्तो तालमेल भएको छ कि अभिभाबक र बिद्यार्थी टुलुटुलु हेर्दै बस्न र विद्यालयको मनलाग्दी सहन बाध्य भएका छन् |
पोखराका नाम चलेका देखि नचलेका प्राय सबै बिद्यालयहरु बिद्यार्थी र अभिभाबकलाइ आर्थिक रुपमा शोषण गर्दै आइरहेको पोखराबासीको गुनासो रहेको छ | पछिल्लो समय शुल्क र भर्नाको बिषयलाइ लिएर अभिभाबक निकै नै आतंकित भएका छन् | लगातार पढ्दै गरेका बिद्यार्थीसंग हरेक बर्ष भर्ना गर्न बाध्य बनाउने प्रबृत्तिले अभिभाबक मारमा परेका छन् | अतिरिक्त शुल्क को नाममा गरिने व्यापार , बच्चालाइ बिद्यालयमा गरिने व्यवहार र बच्चाको मनस्थितिमा पर्ने बोझ साथै स्तरिय शिक्षा को कमीले बच्चा र अभिभाबकको लगानी बालुवामा पानि हाले जस्तै बन्न पुगेको उनीहरुको ठहर छ |
१ ) हरेक बर्ष भर्ना गर्नु पर्ने परिपाटीले अभिभाबकलाइ आर्थिक भार पर्ने गुनासो अभिभाबकको छ भने बिद्यालयले यसमा कुनै प्रतिक्रिया दिने गरेको छैन | सैयौ बिद्यार्थीको हरेक बर्ष भर्ना प्रक्रिया अन्तर्गत लाखौ रुपैया विद्यालयले असुल्ने गरेका छन् | पोखराका हरेक विद्यालयले भर्नाको नाममा गरिरहेको लुट सम्बन्धित निकयलाई थाहा हुदा हुदै पनि सम्बन्धित निकाय मौन रहनुले बिधालय र सम्बन्धित निकायको मिलेमतो छ भन्न सकिन्छ |
२ ) प्रकाशन गृह र बिद्यालयको मिलेमतोमा लूट को खेति भैरहेको आरोप अभिभाबकले लगाएका छन् भने स्थानिय प्रशाशन र सम्बन्धित निकाय मौन रहेको पनि उनीहरुको गुनासो रहेको छ | विद्यालयले आफ्ना बिद्यार्थीलाइ आफुले तोकेकै पुस्तक पसलमा तोकिएकै प्रकाशन गृहका किताब कपि किन्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिदिएका हुनाले बिद्यार्थी र अभिभाबकले चर्को मूल्यमा किताब कपि किन्नु परेको र त्यस वापत कमिसन बिद्यालय र पसलेले खाने गरेको पनि अभिभाबक बताउछन् |
३ ) ड्रेस पनि विद्यालयले तोकेकै ठाउँमा किन्नु पर्ने अर्को बाध्यात्मक स्थिति सिर्जना गरिदिएकोले पनि अभिभाबकले आक्रोस ब्यक्त गरेका छन् |
४ ) अनुगमन गर्ने सम्बन्धित निकायले अनुगमन गरे जस्तो गर्ने तर सबै पक्ष संग मिलेर अनुगमनलाइ प्रभावित पार्ने गरेको गुनासो पनि अभिभाबकले गरेका छन् |
५) शैक्षिक क्षेत्र जस्तो पबित्र क्षेत्र भित्र कमिसन र मनपरी गरिदा पनि राज्य पक्ष चुप चाप बस्नुले नेपालको शैक्षिक क्षेत्र भित्र माफिया तन्त्र बढ्दै गएको पनि पिडित अभिभाबकहरुले गुनासो गरेका छन् |
बिद्यालय र प्रकाशन गृहको सिन्डिकेटका कारण नेपाल अधिराज्य भरिका प्राय सबै जसो शैक्षिक क्षेत्र प्रभावित बन्ने गरेका छन् | नागरिक समाजले बेला बेलामा बिज्ञप्ति निकाले पनि कागजमा मात्र सिमित हुने गर्दछ | अनुगमनको नाममा राज्यका सम्बन्धित निकाय २/४ दिन बहाना बाजी गरेर मौन बस्ने गरेको पनि पिडितहरुको गुनासो रहेको छ | यसरीनै शैक्षिक क्षेत्र जस्तो पबित्र क्षेत्रमा सिन्डिकेट बढ्दै जाने हो भने सुनौलो भबिष्यको परिकल्पना गर्ने बच्चा बच्ची र उनीहरुका अभिभावकले सफल र सम्बृद्ध भविष्यको सपना देख्न सक्दैनन् | त्यसैले जिम्मेवार निकाय हरु चुप लगेर बस्नु भन्दा आजै समस्याको समधान खोज्न तिर लाग्ने कि ?