गायक तथा मोडल एम बि गुरुङले जापानको तोचिगीमा अप्रील २९ मा धमाका मचाउदै

Spread the love

रमेश बस्नेत
पुर्वी नेपाल विकास सहकार्य केन्द्र, जापानले तोचिगीमा ‘तोचिगी सांगितिक साँझ’ नामक बिबिध सांगितिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।
यहि आउँदो अप्रील २९ तारिख आईतबारका दिन ‘तोचिगी सांगितिक साँझ’ समपन्न हुदै छ साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा जापानमा रहेका ख्यातिप्राप्त चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।सांगितिक साँझमा पछिल्लो समय निकै नै चर्चा कमाउन सफल गायक एमबि गुरुङ्ग को गित फिरफिरे डाडा गित ले नि निकै चर्चा बटुलिरहेको छ । गुरुङ गोर्खा जिल्ला मा जन्मिएका हुन् भने बिगत केहि वर्ष देखि रोजगारीको सिलसिलामा जापान मा रहेका छन्एमबि गुरुङ्गआफु यो छेत्र मा निकै खुशी रहेको र आगामी अप्रील २९ तारिख पुर्वी नेपालको सांगितिक कार्यक्रम मा धमाका मचाउनको लागि लोक दोहोरि गायक तथा मोडल एमबि गुरुङ्ग, गायक तथा गितकार केशव शर्मा, गायक रामशरण रसाईली, गायक तथा गितकार ईश्वर पौडेल, गायक अमृत गुरुङ्ग लगायतको प्रस्तुती रहनेछ । भने गायिका तथा मोडल सोना केसी, गायकहरु सुनिल पाठक, दावा लामा, पर्वत स्याङ्वोका साथै अन्य अतिथी कलाकारहरुले पनि आफ्नो सांगितिक प्रस्तुति पस्कनेछन । साथै बिभिन्न कलाकारहरुले आकर्षक नृत्यहरु पनि प्रस्तुत गर्ने छन् कार्यक्रममा सहभागी हुनेलाई खाजा तथा खानाको ब्यबस्था हुनुका साथै सिटी रेमिटको तोचिगी काउन्टरबाट एक पटक पैसा पठाउन निशुल्क सुबिधा भएकोले रमाईलोका लागी पैसा तिरेको अनुभुति नै नहुने समेत जानकारीमा आएको छ ।