[लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुकमा राखिएको यो पोस्टिङ् समसामयिक र जानकारी मूलक भएकोले सबैको जानकारीको लागि हामीले पोस्टिङ् गरेका छौं – सं]
रामकुमार श्रेष्ठ
बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा पूर्व रास्ट्रपति डा रामबरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरे । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताए । यादव राजनीतिमा आउनु अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आए । विपी कोइरालाकै संगतमा राजनीतिमा छिरेका उनले आफू नेपालको पहिलो राष्ट्रपति भएका नाताले पनि समाज सेवालाई निरन्तरता दिने दायित्ववोध भएको बताए ।
त्रिभुवन विश्वविद्यालयले २०१४ देखि मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सञ्चालन गरेको अन्तर्राष्ट्रिय सम्बन्ध (इन्टरनेसनल रिलेसन) सम्बन्धी कार्यक्रम पढाइदिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रस्ताव गर्यो र डा भट्टराईले समसामयिक विषयमा अपडेट हुन तथा श्रममा जोडिने उद्धेस्यले पढाउने सोच बनाए पनि । त्यहाँ विदेशी मुलुकमा राजनीतिज्ञ, कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरूले प्राध्यापन गर्ने गरेका र विदेशी उदाहरण हेरेरै यो प्रस्ताव गरिएको थियो ।
पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ कालो कोट लगाउन शुरु गर्ने कुरा पनि आए । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि पढाउन शुरु गर्ने समाचार पनि आए । आखिर यी सबै समाचार र कुरैमा मात्रै सीमित भए ।
बिकसित देशमा सरकार प्रमुख, मन्त्री, सांसद भएपछि सामाजिक अथवा कुनै काममा संलग्न हुने परिपाटी छ र यो संस्कारको बिकास अपरिहार्य छ हाम्रो देशमा पनि, तर हामीकहाँ मृत्यु शय्यामा नपुगुन्जेल साँसद, मन्त्री र प्रधानमन्त्री भएपछि अरु काम गर्नै नहुने मानसिकताले एकातिर राजनीति सबैभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरिदिएको छ भने अर्कोतिर असफल भएको प्रमाणित भैसकेकाहरुकै चलखेलले नयाँँ पुस्ता संधै ओझेलमा पर्ने र उनीहरुकै अनाबस्यक गलफतीकै हाली मुहालीले देशले कहिल्यै टाउको उठाउन नपाउने रोगले आक्रान्त छ ।
नेपालको ईतिहासमा डा उपेन्द्र देवकोटा मात्रै यस्ता ब्यक्ति बने जो मन्त्री भएपछि आफ्नो डाक्टरी पेशालाई पूर्ण रुपमा अपनाए । शायद उनी अरुहरु जस्तै मन्त्रीको रवाफमा जीवनयापन गरेर सस्ता भाषण र गलफती गरिरहेका हुन्थे भने उन्को मृत्युमा पुरै देश त्यसरी शोकमय निस्चित रुपमा हुँदैन थियो । त्यो अवस्थामा उनी डा उपेन्द्र देवकोटा कम र मन्त्री डा उपेन्द्र देवकोटा बढी हुन्थे । यो अवस्थामा उन्का केही आसेपासेका लागि मात्रै चाखको ब्यक्ति बन्थे उनी । अधिकांश नेपाली नेताका बाबजुद उनी मन्त्रीको रबाफमा जिउनुलाई भन्दा आफ्नो पुरानै डाक्टरी पेशामा फर्कनुलाई महत्व दिए र यसैले उन्लाई महान बनायो, यसैले उस्को महत्व बढायो नेपालीका बीच । अत: एउटा पूर्व मन्त्री भएको नाताले उन्को मृत्युमा पुरै देश शोकमग्न भएको होइन, डा उपेन्द्र देवकोटाको मृत्युमा हो ।
पछिल्लो समय पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता, पाकिस्तानी प्रधानमन्त्री इमरान, निबर्तमान अमेरिकी राष्ट्रपति ओबामा, नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडो, न्यूजिल्यान्डकी यातायातमन्त्री जुली एनी गेन्टरका समाचार किन भाईरल भैरहेका छन? हाम्रा नेताहरु यस्ता कुरा बुझे नबुझे झै गरी रबाफमा जिउनमा नै रमाइरहेका छन चिनी रोग लागेकाले मस्तीले आलु र भात खाए जस्तै गरी ।
चिकित्सा सेवामा फर्किने निर्णय गरेका पूर्वराष्ट्रपति डा. यादवले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, नेता रामचन्द्र पौडेलका ईतिहास नदोहोर्याउन बरु एक घण्टा नभएर डा उपेन्द्र देवकोटाले जस्तै पूर्णकालिन डाक्टरको रुपमा नै काम गरेको खण्डमा जनताको मन जितिन्छ भन्ने कुरोलाई महसूस गरुन – हार्दिक शुभेच्छा!!!
https://www.facebook.com/photo.php?fbid=2597756833584610&set=a.101527733207545&type=3&theater