प्रजुन कुमार अधिकारी
मकाउ चिन
“म एक नेपाली”
नेपाली ले नेपाली संग झुक्न चाहदैन,
एक नेपालीले अर्को नेपाली सिक्न चाहदैन।
बिदेशमा रोजगारी गर्ने नेपाली हरूले एक नेपालीले अर्को नेपाली संग एक आपसमा झुक्न जान्यो र सिक्न चाहायो भने नेपाली जस्तो सुकै जोखिम पुर्ण काम गर्न आई परेको जस्तो सुकै चुनौती पनी समाना गर्न सजिलै सक्छ ।
बिडम्बना के भने एक नेपाली अर्को नेपाली संग झुक्न र सिक्न चाहदैन बरू बिदेशी संग चुक्छ अनी निउरीमुन्टी न भएर झुक्छ । अली जान्ने बुझ्ने बरू आफुलाई प्रभाब साली ऊच्च ब्याक्तित्व ठान्दछन् भने ।
मिडियम र निम्न खालका पनी आफुलाई देशको राष्ट्रपति र प्रधान मन्त्री संग महिनावारी तलबको लेखाजोखा गरी ऊनी हरूको भन्दा धेरै तलब भत्ताखाई आफुलाई देशको सर्वमान्य नै ठान्दछन् ।
यस कारण बिदेशमा नेपाली हरू एक आपसमा झिक्ने सिक्ने कुरा त जहासुकै जावस एक आपसमा जम्का भेट हुँदा पनि खासै बोल्दैन्न ।
जन्म भूमि नेपालको बिभिन्न भाग बाट बैदेशीक रोजगारका लागि बिदेशीय पछि हामीहरूको पहिचान नै नेपाली हो । चाहे पूर्वी नेपालको होस चाहे पश्चिम चाहे तराई होस चाहे हिमाली पाहाडी भाग होस जाहाको भएपनी नेपाल र नेपाली हो ।
तर बिभिन्न धर्म संस्कृती बिभिन्न जात जाती नै किन नहोस बिदेशमा सबैले हामीलाई नेपाली नै भनेर चिन्दछन् । तसर्थ हामीहरू एक आपसमा मिलिजुलि बसेकै राम्रो तर यस्तो सोचे जस्तो काहा हुन्छ र एक नेपालीले अर्को नेपालीलाई सहयोग चाहिदा सहयोग गर्नु पर्नेमा त्यस्तो खासै देखिदैन ।
बिश्वका अधिकांश देशहरूमा नेपालीहरू कार्यरत छन् । त्यस्तै गन्तव्य स्थान मध्यका मकाउ पनि एक हो । सन १९९६ साल देखि नै नेपालीहरूलाई रोजगारका लागि खुल्ला गरीएको चीनको स्वशासित क्षेत्र मकाउमा लगभग ४५०० भन्दा बढी नेपालीहरू कार्यरत छन । यहाँ अधिकाशं नेपालीहरू सुरक्षाकर्मी ( सेक्युरिटी गार्ड ) मा कार्यरत छन भने केहि सिमित नेपालीहरू ब्यापार ब्यबशाय सम्हालेर बसेका छन भने केहि अन्य पेशामा कार्यरत छन । पूर्व मेची देखि पश्चिम महाकाली ऊत्तर चिन देखी दक्षिण भारत सम्मका साथै नेपाली भाषी दार्जिलिङका मानिसहरू पनि कार्यरत छन ।
मकाउ ३०.३ बर्ग किलो मिटरमा फैलिएको भए पनि बिश्वका सम्पन्नशाली शहर मध्यको एक हो । दोस्रो लसभेगसको नाम बाट परिचित मकाउमा लगभग ४० को हाराहारीमा तारे होटल र क्यासिनो छन भने ती क्यासिनोमा सुरक्षाको जिम्मेवारी नेपाली नागरीक साथै अन्य केहि देशका नागरीकलाई जिम्मा दिईएको छ ।
मकाउमा अमेरीका, क्यानडा, अष्ट्रेलिया, जापान, कोरीया, फिलिपिन्स, भियतनाम, इन्डोनेशिया,ताईवान, थाईलयाण्ड, बर्मा, भारत, चीन, मलेशीया, पोर्चुगल, नेपाल लगाएत थुप्रै देशका नागरीकहरू कार्यरत छन।बिदेशीहरू काम गर्ने कम्पनीमा होस वा बाहिर बाटोमा भेट्दा होस उनीहरू सभ्य र शिष्ट भाषामा बोल्छन । तर हाम्रा नेपालीहरू भने एक आपसमा बस स्टप , सुपर मार्केट र बाटो पार्कहरूमा भेट्दा पनि खासै बोल्न चाहदैनन् ।
शायद मकाउ सानो शहर भएर होला जता गए पनि नेपाली भेटिन्छन तर यसरी भेट हुँदा सिमित नेपालीहरू मात्र बोल्चाल गर्छन हैन भने कसैलाई कसैको मतलव नै हुँदैन ।
मेरो बिचारमा मकाउमा नेपाली हरू एक आपसमा बोल्न नरूचाउनुको पछाडी थुप्रै कारणहरू छन:-
१. मकाउमा नेपालबाट रोजगारमा आएकाहरू सेक्यूरिटीमा भए पनि यहाँ कम्पनिहरूको आफ्नै किसिमको तलब दिने नियम छ । प्राय सबै नेपालीहरू चाहे ८ घण्टा होस वा १२ घण्टा नै किन नहोस सबै १ लाख भन्दा बढी पैसा कमाउछन । डाईरेक्ट कम्पनिमा काम गर्नेहरू भन्दा सप्लायर्स कम्पनिमा काम गर्नेहरूको तलब केहि मात्रामा कमी नै छ । नेपालीहरू आ-आफ्नै तवरबाट पैसा कमाएका छन तसर्थ एकलाई अर्काको मतलब नै हुँदैन । कम्पनिमा काम गर्नेहरू सप्लायर्समा काम गर्नेहरू संग त्यति बास्था राख्दैनन् ।
२. मकाउमा मानिसहरूलाई डिप्रेशनमा पुराउने र एक्लो पना महसुस नहुन भौतिक साधनहरूको कमी कम्जोरी नहुँदा खासै एक्लो पना महसुस गर्दैनन र सबै आ-आफ्नै सुरमा हुन्छन ।
३. यहा नेपालीहरू एक आपसमा खोजी निति नगर्नुको मुख्य कारक तत्व नै पैसा हो प्रयाप्त पैसा कमाएका छन । पैसा कमाउने धुनले गर्दा नै भाई साथी सबै बिर्सिई दिन्छन ।
४. पैसाको धुनमा लिप्त हुदा अलिकति सामाजिक कार्यहरूमा पनि सामेल हुनु पर्छ ।भन्ने भावनाको कमीले गर्दा कुनै पनि संघ संस्थाको कार्यक्रमहरूमा उपस्थिति जनाउदैनन्।यसरी उपस्थिति नहुँदा एक आपसमा भेटघाट नै हुदैन ,तसर्थ बाटोमा भेट्दा नेपाली जस्तो लागे पनि बोलाउने चेष्टा कसैले पनि गर्दैनन ।
५. क्यासिनोको क्षेत्र भएका कारणले केहि नेपाली दाजुभाईहरू खेल तिर पनि आकर्षित भएका छन । क्यासिनोमा पैसा सकिए पछि पैसाको कारोबारमा केहि समस्या आउने हुनाले नेपालीहरू एक आपसमा कारोबार सम्म गर्न रूचाउदैन ।
यस्तै कारणहरूले गर्दा एक नेपालीबाट एक आपसमा टाढा छन । बिश्वका सम्पन्नशाली राष्ट्रहरू अमेरीका, यूके, क्यानडा, जापान, लगाएतका देशहरूमा पनि यस्तै समस्या छन भन्छन ।, मित्रहरू तर गल्फ कन्ट्रीमा काम गर्ने नेपालीहरूमा चाहि एकदमै भाई मिलाप छ भन्ने कुरा सुनेको छु । काहा सम्म सत्य हो ।
अस्ति भर्खरैको कुरा हो एक जना नयाँ भाई नेपालबाट आउनु भएको रहेछ । सुपरमार्केटमा भेट भएको थियो भाषाको समस्या ले गर्दा नुहाउने सावुन खोज्दै रहेछन ।
पत्ता नलाग्दा मैले नै सोधेको थिए के खोज्दै छौ भनेर हामी बीच कुरा कानी भयो उसले मलाई सोध्यो दाई किन मकाउमा नेपालीले नेपालीलाई भेट्दा बोल्नै मान्दैन नी भन्थ्यो , मैले जवाफ दिए भाई मकाउको चलन नै यस्तै छ ।
उसले मेरो कुरा सुने पछि अचम्मैमा पर्यो र जवाफ दियो दाजु पैसा त जसले नी कमाउलान तर भाई साथीहरूसंग बोल्दा त के नै फरक पर्ला र साथै बिदेशमा परिवार भने पनि जे भने पनि साथी भाई नै हो त्यस कारण एक आपसमा त भावनाको सम्बन्ध हुनु पर्ने हो नी भन्दै थियो । अब आउँदा दिनहरूमा भने एक आपसमा नेपाली नेपाली बीचको सम्बन्धलाई मजबुद बनाऔ । एकलाई पर्दा अर्कोले सहयोग गर्ने बानी बसालौ । जसले जतिनै पैसा रमाएपनी मरेर जादा जस्तो आयो त्यस्तै जाने हो , सबैलाई दाऊरा ले करेन्टले नै पोल्ने हो दाऊरा पनी एउटै हो पोलें पछी बन्ने खरानी पनी एउटै हो भने किन गर्छौ घमण्ड । आखिर मरेर लानु नै के छ ?
सबैले हेरेर प्रतिकृया दिनु होला अन्तमा कसैको बास्तबिक जिवनमा मेल खान गएमा संयोग मात्र हुनेछ । माईन नगर्नु होला
धन्यबाद