नयाँदिल्ली । साझा सद्भाव समूह भारतको राष्ट्रिय समिति संयोजकमा गंगाप्रसाद भट्टराई चयन भएका छन् । समूहको २ दिनसम्म चलेको छलफलबाट सर्बसम्मतिले भट्टराई संयोजनमा चुनिएका हुन् । साझा सद्भाव समूह भारतको सह–संयोजक दिपक धामि, महासचिवमा जानकी खनाल, सचिब सौजन्य तिमिल्सिना र कोषाध्यक्षमा बिष्णु थापा सर्बसम्मतमा चुनिएको अन्तर्राष्ट्रिय साझा सद्भाव समूहले जानकारी दिएको छ ।
साझा सद्भाव समूह भारतले तीन सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ । मिनराज शर्मा प्रमुख सल्लाहकार रहनेगरी महेशराज रेग्मी र निशा जोशी सल्लाकार चयन गरिएको हो । राष्ट्रिय समिति सदस्यहरुमा हरिस ढाट, भरत भट्टराई, चन्द्रकला भट्टराई, ओम बस्नेत, प्रकाश बोहोरा, राम बहादुर शाही, जीवन सम्राट, डम्बर भट्ट, मनमोहन कुशवाह, हरि साउद, बिजय थापा हरिन चयन भएका छन् ।