इनासमा कमला दाहाल सर्बसम्मत अध्यक्ष, आफ्नै भवन निर्माणमा प्रतिवद्धता

Spread the love

२६ असोज २०७६, काठमाण्डौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लाेबल समिति (इनास)को आज काठमाण्डौंमा भएको तेस्रो सम्मेलनले कमला दाहाल (जर्मन) लाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । काठमाडौंमा सम्पन्न भएकाे सम्मेलनमा उनी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

अध्यक्ष पदमा निर्वाचित भएसँगै दाहालले काठमाडौंमा इनासकाे आफ्नै भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । विश्वभरका नेपाली कलाकारलाई एकताबद्ध गराउँदै वर्तमान समयसम्म सफलतापूर्वक ल्याउनु भएकी निवर्तमान अध्यक्ष पुष्प बरुवाललाई विशेष धन्यावाद दिइन उन्ले आफू सर्बसम्मत अध्यक्ष निर्बाचित भएपस्चात ।

त्यसैगरी, सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र थापा (अस्ट्रेलिया), उपाध्यक्षहरुमा साबु गदाल कार्की (कोलोराडो, अमेरिका), अर्जुन काफ्ले (बेल्जियम), भगवती बस्नेत (इजरायल), महासचिवमा मनिष कुमार श्रेष्ठ (वेलायत), सचिवमा हरि शर्मा, कोषाध्यक्षमा कुलराज थापा (नेपाल), युरोप संयोजकमा सन्त कुमार थापा (डेनमार्क), अष्ट्रेलिया संयोजकमा सुशिल चालिसे, एसिया संयोजकमा लोकराज अधिकारी (नेपाल), र मिडिया संयोजकमा मोहराज शर्मा (नेपाल) निर्वाचित भएका छन् ।

विश्वभरका ७२ भन्दा बढी देशमा सञ्जाल विस्तार रहेको इनासले सोमवार काठमाडौंमा छैटौं इनास अवार्ड हस्तान्तरण गर्ने भएकाे छ ।