मान्छे खाने चितुवा सिसि क्यामरामा देखियो, जंगलमा बाघ बिशेषज्ञ, बाघको आक्रमणबाट जोगियो ज्यान (भिडियो)

Spread the love

तनहुँको भानु नगपालिकामा मान्छे खाने चितुवाको त्रास कायम नै छ । तीन वटा चितुवा खोरमा पारेर पठाए पनि मान्छे खाने चितुवा कुन हो भन्नेमा अझै पुष्टि भएको छैन । दुई बर्षको अबधीमा ६ जना बालबालिकाको ज्यान गईसकेको छ भने चार घाईते छन् । पछिल्लो समय चितुवा नियन्त्रणका लागी हरेक उपायहरु नगरपालिकाले अबलम्बन गरेको छ । चितुवन राष्ट्रिय निकुन्जबाट समेत बाघ बिशेषज्ञ भानुका जंगल जंगलमा छन् । धेरै ठाउँहरुमा सिसी टिभी क्यामरा राखिएको छ र त्यसमा चितुवा स्पष्ट देखिएको बिशेषज्ञ टोलि प्रमुख हर्कमान लामाले बताए।

लामाका अनुसार चितुवा धेरै छन् सिसि क्यामरामा देखिएका छन् तर पनि समात्न नसकिएको उनले बताए । आफुहरुको काम समात्ने वा बेहोस बनाएर लैजाने मात्र भएको भन्दै मार्न बिशेषज्ञ टोलिले नमिल्ने ठोकुवा समेत गरे । उमेर हकका कारण सेवा निबृत भएका लामाले जीवनमा वाघको आक्रमणबाट बारम्बार बचेको समेत स्मरण गरे । बिशेषज्ञ टोली हरेक क्षण खतरामा रहन्छ आफू जोगिएर अर्कोमाथी आक्रमण गर्नुपर्ने हुन्छ उनले भने । हेर्नुहोस् भानुको जंगलमा बिशेषज्ञ टोलिले के गर्दैछ ?