अन्जु चौलागाईं र थानेश्वर गौतमको अभिनय एक फरक डानसिङ्ग गित ”कालो चस्मा” भिडियो सार्बजनिक

Spread the love

चर्चित गाएक तथा संगीतकार थानेश्वर गौतमले भर्खरै मात्रै एक फरक डानसिङ्ग म्युजिक भिडियो ‘कालो चस्मा’ सार्बजनिक गरेका छन्। संगीतको गहिरो अध्ययन पश्चात संगितमा लागेका गौतम एक बहुमुखि प्रतिभाका धनि गायक हुन । गजल , भजन, आधुनिक , पप, रोईला सालैजो, फिल्मी गीत, पन्चेबाजा, तथा लोकगीतलाई उतिकै न्याय दिएर गाउन सक्ने अचम्मको खुबिकै कारण उनी सबैमा उत्तिकै लोकप्रिय छ्न। उनको ‘बिर्सिएर शृङ्गारमा गाजल लगाईनछ्यौ’ भन्ने गजल लगायत सिन्र्दु लाउने होली माया , मार्‍यो नि मायाले , स्याङ्जा गए पाल्पा गए, छ म सग् , चोलियाको तुना, पिउने पनि रहरर छ, जस्ता गीतहरुले चर्चाको शिखरमा पुगेका गजल गायक गौतमले शास्त्रीय संगितमा स्नाकोत्तर गरेका छन।

बेलायतमा बस्दै आएका गीतकार मणि गौतमको शब्द अनि थानेश्वर गौतमको आवाज र संगीत अनि राजन इशानको एरेन्ज लगायत किशोर थापाको मिक्सिङ रहेको यो गीत ‘कालो चस्मा’ गौतमले आफ्नै युटुब चेन्नल जननी नेपालबाट रिलिज गरेका छन्।

यस गीटको भिडियिमा गाएक स्यमकै र अन्जु चौलागाईंको अभिनयलाई बिरेन्द्र भट्टले छायांकन गरेका हुन भने कुशल निर्देशक रोजल थापाको निर्देशन अनि रोहित बस्नेतको कोरियो ग्राफी लगायत र अनिल रानाको सम्पादन रहेको छ।
भिडियो