पाथिभरामाताले सबैको कल्याण गरुँन ! पुष ७ गते सोमबारको राशिफल

Spread the love

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल पुष ७ गते सोमबार ई. सं. २०१९ डिसेम्बर २३, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष कृष्ण पक्ष द्धादशी तिथी, विशाखा नक्षत्र, चन्द्रमा मध्यान्ह १२ बजेर ३० मिनेट सम्म तुला राशिमा त्यसपछि बृश्चिक राशिमा स्थानान्तरण हुनेछन । सुकर्म योग, कौलब करण। नेपालमा, सूर्योदय बिहान ०६ः५३ बजे, सूर्यास्त साँझ ०५ः१२ बजे हुनेछ। आज जन्म लिने बच्चाको मध्यान्ह १२ बजेर ३० मिनेट सम्म तुला राशि र त्यसपछि बृश्चिक राशि हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार समय, तिथि, नक्षत्र ईत्यादीमा पनि अन्तर हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ । छात्रछात्राले कडा मिहिनेतपछि सफलता पाउने दिन छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गृहलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । छात्रछात्राको खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । आज तपाईका लागि शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण। आज कार्य सफलताका लागि ॐ रां राहवे नमः मन्त्र ८ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन । व्यापाररव्यवसाय मध्यम रहेको छ । छात्रछात्राहरूका लागि ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । गृहिणीहरूका लागि सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि दिन रमाइलो छ । अपराह्नदेखि प्रतिकूल समय सुरु हुनसक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आज तपाईका लागि शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ सरस्वत्यै नमः मन्त्र ७ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – दिनको सुरुवातमा चन्द्रमा चौथो भावमा रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजन र ठूलाबडासँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । अपराह्नदेखि पाँचौं चन्द्रमाको प्रभाव सुरु हुन्छ । त्यसपछि दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । छात्रछात्राहरूका लागि शुभ दिन छ। आज तपाईका लागि शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि ॐ नमश्चण्डिकायै नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आजको दिन पराक्रम र प्रसिद्धि कमाउने राम्रो समय हो । विभिन्न ठाउँको यात्रा गर्ने र कुनै न कुनै ज्ञान बढाउने समय छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रोरनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन। आज तपाईका लागि शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ सिद्धिविनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सहयोगीहरूले काममा साथ दिनेछन। राम्रो फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विद्यार्थीहरूको पठन–पाठनमा प्रगति हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । सामाजिक कार्यकर्ता र कर्मचारीले विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । व्यापारीहरूको व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन। आज तपाईका लागि शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ महालक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आज तपाईको आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आज तपाईका लागि शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि कार्यसिद्धि मन्त्र ॐ हं हनुमते नमः १० पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज तपाईले आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन। पारिवारिक जीवन सन्तोषप्रद रहने छ । बेलुकीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समाप्त हुनेछन। अधुरा कामहरू पूर्ण हुन थाल्नेछन । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । छात्रछात्राहरूका लागि प्रतिस्पद्र्धात्मक क्रियाकलापमा सफलता पाउने दिन छ, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा बैैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ चित्रगुप्ताय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज तपाईका लागि मिश्रित प्रभाव प्राप्त हुने दिन छ । मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । त्यसैले व्यापाररव्यवसायमा मन्दी छाउनेछ, अनि भोगविलासमा मन केन्द्रित हुनेछ । विद्यार्थीहरूको पठनपाठनमा भन्दा खेलवाडमा रूचि बढ्न सक्छ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम। आज कार्य सफलताका लागि ॐ नीलसरस्वत्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्न सक्ने समय हो, अन्य सबैले ठूलाबडाको सहयोग र सल्लाह मिल्नाले राम्रो फाइदा बटुल्ने समय छ । गृहस्थीजनका लागि सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापाररव्यवसायमा लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिकरसामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ। आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ भूमिदेव्यै नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । मान्यजन, गुरुजन वा प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आज आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्ने समय हो। बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्ने समय छ, त्यस्तै परिवारका सदस्य, जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गुरवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज दिनभरि अष्टम भावको चन्द्रमाको प्रभावले विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । व्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि अपराह्नदेखिभाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । त्यसैले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आज धार्मिक र सामाजिक क्षेत्रमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि ॐ कालभैरवाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।