वल्र्ड बज्राचार्य अवार्डद्धारा बुद्धिराजलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, रिम्पोछेंलाई विशेष सम्मान

Spread the love

काठमाडौं । बज्राचार्यहरुको आधिकारिक संगठन बज्राचार्य क्लबको आयोजनामा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा वल्र्ड बज्राचार्य अवार्ड २०१९ कार्यक्रम सम्पन्न भएको छ ।

बज्राचार्य क्लबद्धारा विस्वभरी छरिएर रहेका बज्राचार्य समुदायका सदस्यहरुद्धारा बिभिन्न क्षेत्रमा गरिएका उल्लेखनिय उपलब्धीहरुलाई सम्मान गर्ने अभिप्रायले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भएको वल्र्ड बज्राचार्य अवार्ड २०१९ मा विस्वभरी छरिएर रहेका बज्राचार्य परिवारका सदस्यहरुले शिक्षा तथा विभिन्न क्षेत्रमा विगत दुई बर्षमा सर्वोत्कृष्टता हासिल गरेका ५९ जना प्रतिभावान व्यक्तिविशेषहरुलाई वल्र्ड बज्राचार्य अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा पाँच पटकसम्म मेयर बनेर रेकर्ड कायम गर्ने र पर्यटन तथा संस्कृति मन्त्रीको समेत भूमिका निर्बाह गरेका ललितपुरका युगपुरुष बुद्धिराज बज्राचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा श्रीधर राना रिम्पोछेंलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रमको आयोजना बज्राचार्य क्लबका संस्थापक अध्यक्ष शैलेन्द्रमान बज्राचार्यको कार्यक्रम संयोजनमा भएको थियो ।