विप्लवको प्रतिबन्ध फुकुवा गरेर वार्तामा ल्याउनु पर्छः महासचिब मैनाली

Spread the love

३ पौष, काठमाडौं ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले नेत्रवीक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन । उनले सो धारणा धर्मसभा राष्ट्रिय मञ्च र नेपाल पत्रकार तथा लेखक समाजकोे आयोजनामा ‘देशको वर्तमान परिस्थी र भबिष्य’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देशभक्त शक्तिहरुलाई जबर्जस्त बिद्रोहमा धकेल्दा देश थप संकटमा जानेसमेत चिन्ता ब्यक्त गरे ।

महासचिब मैनालीले नेकपालाई शान्तिपूर्ण राजनीतिक गतिविधिसमेत गर्न पाउने अधिकारबाट च्युत गरेर उसलाई बिद्रोको बाटो अबलम्बन गर्न प्रेरित गर्नु गलत भएको धारणा राखे । उनले संविधान, कानूनलाई नाघेर गरिएको सरकारी प्रतिबन्ध अनुचित भएको आरोप लगाउँदै भने,“यति धेरै कानून र सुरक्षा हुँदा हुँदै पनि प्रतिबन्धले विप्लवसँग सरकारले द्वन्द निम्त्यायो जुन देश, जनताले थेग्न सक्दैन र कसैले पनि रुचाएको छैन ।” महासचिब मैनालीले अहिलेसम्म विप्लवले विदेशी शक्तिसँग सहयोग नलिने प्रतिबद्धता जाहेर गरे पनि भविष्यमा उसले त्यसलाई तोड्न सक्ने खतरासमेत जाहेर गर्दै भने,“मलाई डर लाग्दै छ, नेपालको विगतको इतिहास शाक्षि छ,विप्लवले मर्ता क्या कर्ता नहीँ भने जस्तै आफूलाई जोगाउन विदेशीको सहयोग लिएर थप संकट ननिम्त्याउलान भन्ने के ग्यारेन्टी । त्यसैले विप्लवले बिद्रोहको बाटो त्याग्ने र सरकारले अनुद्दार नीति त्यागेर राष्ट्रिय एकता कायम गर्नु पर्छ ।”

महासचिव मैनालीले २००७ साल पछि लगातार देश कमजोर बन्दै गएको परिवेशलाई स्मरण गराउँदै, ती प्रत्येक अस्थिरतामा विदेशी शक्तिहरुको हात रहँदै आएको र त्यसमा स्वदेशी देशभक्त भिनिने शक्तिहरुले आफ्नो नीजी स्वर्थ अनुकुल सहमति दिएको आरोप लगाए । कहिले जातिय तथा पहिचनको द्वन्द, कहिले संविधान संसोधन र अहिले विप्लव, एम्सिसी लगायतका द्वन्दले देशलाई खतरनाक अस्थिरतामा धकेल्ने र देशको सार्बभौमिकतालाई नै ध्वस्त पर्ने दिशामा गएकोप्रति चिन्ता जाहेर गरे ।

त्यसैगरी इतिहास एवं सीमाविद्, डा.शास्त्रद्धत्त पन्तले शासन सत्ताको बागडोर सम्हालेका र उच्च अहोदामो आसिन व्यक्तिहरु आफ्नो देशको विरासतपूर्ण इतिहासबारे गहिरो अध्ययन नगर राजनीतिमा लगेकोले देश विगत भन्दा निकै जर्जर भएको आरोप लगाए । डा.पन्तले पूखाहरुले अर्जैको नेपाली भूमिको गौरवशाली पहिचान र मर्मको गाम्भिर्यता नबुझन्नुको परिणाम वर्तमान सत्तासिनहरु जे मन लाग्यो त्यही गरिरहेकोप्रति चिन्ता ब्यक्त गर्दै उनले भने,“फासी,जुम्टा सरकार ले जनताको आवाज निमोठने गरि ल्याएको विध्येकको तथा एम्सिसी लगायतका राष्ट्रघाति सम्झौताको बिरोधमा सडक तताउने बेला आएको छ ।” नेपालमा नेता नै छैनन । डा.पन्तले नेतामा हुनुपर्ने गुणहरु भनेको इमान्दारित, विज्ञत, स्वाथ, रोजगारी उत्पादन गर्नसक्ने र देशप्रति बफादार तर नेपाली नेतहरु त्यसको उल्टो नैतिकहरमसमेत रहेको आरोप लगाए ।

तयसैगरी नेपाल बौदिक मन्चका अध्यक्ष डा.के बी रोकायले देशलाई अफगानिस्थान बनाउने रणनीतिमा स्यम सरकार अघि बढेकोले चिन्नता ब्यत्त गर्दै, त्यस किसिमको खतरालाई रोक्न राजसंस्थाको पुन्स्थापना एक मात्र विकल्प रहेको बताए । डा.रोकायाले अहिले शाह वंशिय राजसंस्थाको स्थापनाको लागि नेपाली सेनाले काम गरिरहेको समेत ठोकुवा गर्दै भने,“पुष २७ गते नेपाली सेनाले पृथ्वी नारायण शाहको जन्म जयन्तिको दिनमा गरेको तामझामले र प्रधान सेनापति पूर्णचन्द्र थापाले गरिरहेको संकेतले अब नेपाल जोगाउन राजसंस्था आउँदै छ, हामी सबैले साथ दिनु पर्छ ।” उनले देश अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको चल खेल र चीन र अमेरीकाको सिधा हस्तक्षेपले त्यस्तै संकेत देखाएको बताए ।

त्यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष वोर्णबहादुर कार्कीले नेपाललाई विदेशी शक्तिहरुको सैन्य अखडा बनाई रण मैदान बन्ने दिशातिर बढ्ने खतरा भएको र त्यसमा स्वयम सरकार प्रमुख र प्रतिपक्ष पार्टीले सर्मथर्न गरेको भन्दै चिन्ता जाहेर गरे । कार्कीले इन्डो प्यासिफीक रणनीति र एमसिसी कुनै पनि हालतमा रोक्नुपर्ने बताउँदै भने,“देश बचाउनु पर्ने प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबा नै राष्ट्रघाति सम्झौताको पक्षमा उत्रेकाले राष्ट्रवादी शक्तिहरु तथा जनता सडकमा उत्रनु पर्छ ।”
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेब जैशीले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने प्रयास गरेकोले सरोकारवाला सबै एकजुट भएर मुकाबिला गर्नु पर्ने धारणा राखे ।

त्यसैगरी वरिष्ठ पत्रकार प्रेम कैदिले वर्तमान सरकारमा राष्ट्र भक्ति भन्दा पनि दलाली मानसिकताले जकडियकाहरुको बाहुल्यता भएकोले अव राष्ट्रप्रति जिम्मेवार बफादारहरु खडा गर्न संघर्षमा उत्रनु पर्ने बेला आएको बताए । उनले युवा, बुद्धिजिवी, पत्रकार तथा लेखकले यस्ता देशविरोधी सत्तसिनहरुको गलत रबैया विरुद्ध उत्रन अह्वान गर्दै भने,“विदेशी दुतावासको पैसा ल्याएर विदेशी पैसामा चुनाव लडेकाहरुले देशको रक्ष गर्न सक्दैनन अव देशको स्वधिनताको रक्षाको जिम्मा तपाई हाम्रो काँधमा आएको छ ।” त्यसैगरी कार्यक्रममा राम शरण पान्डेले देशमा उत्पनन परिस्थीको बिरुद्ध सडकमा उत्रन आग्रह गरे ।

कार्यक्रममा आयोजक संस्था नेपाल पत्रकार तथा लेखक समाजका अध्यक्ष गोरखबहादुर विसीले नेपाली समाजको रुपान्तरण जरुरी भएको र त्यसमा लेखक तथा पत्रकार अलि बढी जिम्वेवार बन्नु पर्ने धारण राखे । कार्यक्रमको अध्यक्षता धर्मसभा राष्ट्रिय मञ्चका अध्यक्ष विष्णुराज पाण्डेले गरेका थिए ।