त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के भएको थियो, यस्तो छ गायिका आस्था राउतको स्पस्टिकरण ! प्रहरी र आस्थाको सिसीटिभी फुटेज बाहिरियो

Spread the love

चर्चित गायिका आस्था राउत र प्रहरीबीच त्रिभुवन विमानस्थलमा भएको विवाद अहिले निकैनै चर्चाको विषय बनेको छ । राउत झापा जाने क्रममा त्रिभुवन विमानस्थल चेकजाँचमा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ । उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीले उनलाई ‘तँ’ भनेर बोलाएको, दुव्र्यवहार गरेको भन्दै उनले लाइभ भिडियोमा आक्रोश पोखेकी थिइन् । आस्था भद्रपुर हुदै सिक्किममा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जादै थिइन् । राउतले भनेकी छिन्, ‘अनि त्यो पुलिस डन्ठिनीहरु, त्यो सिपाही प्युसी प्युपीहरु । तिमीहरुको बोल्ने ढंग छैन ?’

आस्थाको भिडियो केही समयमै भाइरल भएको थियो । भिडियो भाइरल भएपछि गायिका राउतले प्रयोग गरेका शव्दप्रति माफी मागेकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘रिसको आवेगमा बेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्राइट वर्डर्सका लागि क्षमा चाहन्छु ।’

विमानस्थल स्रोतबाट बाह्रखरीलाई प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस तलको भिडियो सिसिटिवी लगायत आस्था राउतले लाइवमा स्पस्टिकरण दिएको भिडियो :