अस्ट्रेलियाको डडेलो र मौसम आपतकाल : नेपालले सिक्नु पर्ने पाठ

Spread the love

रामहरि पौड्याल,
संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठनको रिपोर्टका अनुसार मौसममा तताउने हरितगृह ग्यासहरूको उच्चताले रेकर्ड स्थापित गरेको बताइएको छ । अहिलेको ट्रेन्ड अनुसार, हाम्रो हरितगृह ग्यास उत्सर्जनले पृथ्बीको सतहलाई सन् २१०० सम्ममा अर्को तीन वा चार डिग्री तताउने छ ।

बढ्दो औधोगीकरण र उपभोक्ताको अत्याधिक मागलाई ब्यबस्थापन गर्न बिश्वो तापमानमा दिनहुँ वृद्धि भै रहेको पाइन्छ । जलबायु परिबर्तनले बिश्वभरि बिनास निम्ताइरहेको उदाहरणहरु प्रसस्त देखिन थालेका छन् ्र गत महिना युरोपका बेलायत इटली, ग्रीस जस्ता देशले अप्रत्यासित बाढीको सामना गर्नु पर्यो भने अर्कातिर अस्ट्रेलियाले भिसण आगलागी खेप्नु पर्यो्र अमेजन रेन फरेस्ट, अमेरिकाको क्यालिफोर्निया देखि इन्डोनेसिया सम्मका घटनाहरु सेलाउन नपाउदै बिश्वोका सबै ठाउँमा कतै अति बर्षा बाढी, कतै हिट वेब, कतै अनाब्रिष्टिका घटनाहरु दोहोरि रहेका हामीले देखे सुनेका छौं ।

दक्षिण चीन र उत्तरपूर्व भारतमा बाढीले ठूलो विनाश गरिरहेको घटना, ठूलो वर्षा भइरहेको सन्दर्भ्र विडम्बनाको कुरा, वर्षाको समयमा ढिलो र मध्यम वर्षा भईरहेको अवस्था, बिश्वो तापमानमा रेकर्डेड वृद्धि, कतै अति चीसो त अलस्कामा हिउँ सम्बन्धि एउटा धेरै वर्ष देखि मनाउने पर्ब बन्द गर्नु परेको नमीठो प्रसंग। यस्तो मौसम परिवर्तन रोक्ने एउटा तरिका ग्रीन हाउस ग्यासको स्तर कम गर्नु हो्र विशेष गरी कार्बन डाइअक्साइड, तापमान वृद्धिकालागि जिम्मेवार मानिन्छ। विश्वका धेरै देशहरू बढ्दो विश्व तापक्रमलाई सीमित गर्न एकजुट भएका छन्। २०५० सम्म विश्व तापक्रम वृद्धि १।५ डिग्री सेल्सियस भन्दा बढी नपुरयाउने प्रयासहरु भै रहेका छन् । अन्यथा करोडौं मानिसहरूले बढी तातो, खडेरी, बाढी र गरीबीको सामना गर्नुपर्नेछ।

युरोपेली संसदले हरित डिलकोलागि गति प्रदान गर्न मौसम आपतकाल ‘क्लाइमेट इमरर्जेन्सी’को घोषणा गरेको छ। २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्याउने युरोप पहिलो महाद्वीप बन्ने छ । यद्यपि केहि आलोचकहरुले २०३० सम्ममा हरितगृह ग्यासको उत्सर्जन घटाउने लक्ष्यलाई । बढी महत्वकांक्षीू भनेर टिप्पणी गरेका छन्।

पेरिस सम्झौताको लक्ष्यलाई भेट्न १।५ डिग्री सेल्सियस तल तापमान वृद्धि राख्ने लक्ष्य पूरा गर्न, कार्बन उत्सर्जनमा आवश्यक कटौती औसतमा प्रति वर्ष ७।६ प्रतिशतले गर्नु पर्ने संयुक्त राज्य पर्यावरण कार्यक्रम २०१९को रिपोर्टमा उल्लेख गरिएको छ। वैज्ञानिकहरूको अनुमान अनुसार वर्तमान लक्ष्यले विश्वव्यापी तापक्रम ३ डिग्री सेल्सियस सम्म पुर्‍याउँछ्र जसले गर्दा बाढी, चक्रवात, लामो समयदेखि चर्को तापको छाल, र रेकर्ड तोड्ने डडेलो लगायत विश्वभरि विनाशकारी परिवर्तन ल्याउँछ।

बेलायतमा भर्खरै भएको मध्याबदी निर्बाचनमा सबै पार्टीका घोसना पत्रमा क्लाइमेट चेन्ज र ग्लोबल वार्मिंगले स्थान पाए । रुख रोप्ने प्रतोबद्धताको बाढी आयो । लेबर पार्टीले सन् २०४० सम्म २० लाख रुख रोप्ने पार्टीको पहिलो कार्यकालमा १० नयाँ राष्ट्रिय निकुञ्जहरू पनि बनाउने प्रतिबद्धता गरेको थियो, प्रकृतिका लागि योजनाूको एक भागको रूपमा। टोरीले एक बर्षमा ३० करोड रूख रोप्न चाहन्छ, जबकि लिब डेम्सले जिते ६० करोड रुख रोप्ने बताई रहेका थिए ।
मौसम परिवर्तन समिति कमिटि अन क्लाइमेट चेन्ज ९सीसीसी०ले मेमा प्रकाशित गरेको आफ्नो ‘नेट जीरो’ प्रतिवेदनमा बेलायतलाईलाई आफ्नो बृक्षारोपन प्रयास बढाउनु पर्नेमा जोड दिएको थियो । सन् २०५० सम्ममा रूख रोप्ने दरमा निरन्तर बृद्धि गर्नुपर्नेछ । वर्तमान दर प्रति १०,००० हेक्टरभन्दा कमबाट प्रति वर्ष कम्तिमा ३०,००० हेक्टरसम्म बढाउनु पर्ने आंकलन गरिएको छ,२०५० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जन लक्ष्यसम्म पुग्न।

अस्ट्रेलियाको डडेलो

अस्ट्रेलियामा आगोलागिका घटनाहरु प्राय भै रहन्छन तथापी विगत नोभेम्बरको तीन महिनादेखि लागेको डढेलोका कारण हजारौं घरबारविहीन भएका छन्।  नोभेम्बर ८ मा सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्‍यो । सरकारले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आह्वान गर्‍यो । यो डढेलो अष्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै खतरनाक मानिएको छ । डढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन्। युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्राध्यापक क्रिस डिकम्यानले बिबिसीलाई ४९ करोड पशुपंक्षी मारिएको तथ्यांक दिएका छन्।

सोसियल मिडियामा अस्ट्रेलियाका भयाबह तस्बिरहरु देखेर कल्पदै छु कति पीड़ा, छटपटी, भय र आर्तनादले भरिएको होला त्यो कंगारुको देशमा । त्यो कुइरिमन्दल आकाश १ चिच्याइरहेका लाखौं चराहरू उड्दा उड्दै आगोमा खसेका , दौडेदा दौडेदै लडेका ओरान्गोतान , कंगारु, कोला । लाखौं वन्यजन्तु शरीरमा आगोको ज्वाला बोकेर दौड़िँदै गर्दा ढले होलान् । सानो काँढा बिझ्दा असह्य पीड़ा हुन्छ, अरबौं बढ़ी प्राणी ढढेर मर्दै गर्दा त्यो संसार कति पीड़ादायी भयो होला ।
अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कैयन् बस्तीहरु आगलागीका कारण सखाप भएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स र कुइन्स ल्याण्डमा सल्किएको डडेलो अलि फरक र भयानक डरलाग्दो भएको जानकारी अधिकारीहरुले दिए्र यो डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ। यो बेल्जियम जत्रो देशको दोब्बर क्षत्र हो ।

यो डरलाग्दो घटनामा कम्तिमा २३जनाको मृत्यु भयो भने हजारौं मान्छेले बाच्नकालागि आफ्ना घरबार छाडेर सुरक्षित स्थान तिर भाग्नु पर्यो । १ सय २८ किलोमिटर प्रतिघण्टाको गतिको हावाका कारण डढेलो थप फैलिएको बीबीसीले उल्लेख गरेको छ । १ हजार ५ सय घर जलेर नष्ट भएका छन् ।
अग्नि नियन्त्रकले मात्र यसको समाधान गर्न नसक्ने जनाउँदै सरकारले सेना समेत परिचालन गरिएको जानकारी प्रधानमन्त्री स्टक मोरिसनले दिदै घटनामा मृत्यु हुने प्रति गहिरो समबेदना ब्यक्त गरे ्र आपतकालको घोषणा गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ३ हजार अतिरिक्त सेना खटाउने निर्णय गर्नुभएको छ । त्यो त्रासदी पूर्ण घटनाले अस्ट्रेलियनहरु त्रसित भएका छन् । यसले गर्दा धेरै अष्ट्रेलियालीहरूले आगोलाई मौसम परिवर्तनसँग कसरी जोड्न सकिन्छ भनेर सोध्न थालेका छन्। यसको बारेमा चर्चा गर्न थालेका छन् । जनताहरुले प्रधानमन्त्री घर जलिरहँदा होलिडेमा रमाएको भन्दै आलोचना गरे । हात मिलाउन समेत नचाहेको दृश्य देखियो संचार माध्यममा ।

मौसम परिवर्तनको वरिपरि विज्ञान जटिल छ ( यो बुशफायरको कारण होइन तर वैज्ञानिकहरूले लामो समयदेखि चेताबनी दिएका छन् कि तातो र सुक्खा मौसमले अष्ट्रेलियाको आगलागीलाई बारम्बार र बढी तीव्र बनाउँदछ। तर देशका राजनीतिक नेताहरूले यस विषयलाइ पछि पारेको र उनीहरुले गर्न नसक्ने प्रतिक्रियाको सामना गरिरहेका छन्।

आगोलागिको कारण

यसको पूर्ण अनुसन्धान भै नसके पनि अस्ट्रेलियाले न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, भिक्टोरिया, दक्षिण अष्ट्रेलिया र तस्मानियामा बुशफायरका लागि १८३ जना पक्राउ गरेको छ। अष्ट्रेलियाका लगभग ५० ५ प्रतिशत बुशफायरहरू जानाजानी अराजकतावादी किशोर किशोरीहरूले सुरू गरेका हुन सक्छन। सयौं अस्ट्रेलियालीहरू जानाजानी केही महिनामा अस्ट्रेलियाको बुशफायर जलाउने आरोपमा पक्राऊ परेका छन्। पूर्व स्वयम्सेवक अग्निनियन्त्रक ब्रेन्डन सोकलुकलाई २००९ मा भिक्टोरियामा बुश फायर गरेकोमा १७ वर्ष ९ महिना जेल सजाय सुनाइएको थियो जसले अस्ट्रेलियाको सबैभन्दा खराब बुशफायर घटनाहरू मध्ये एक, ब्ल्याक शनिबारमा १० व्यक्तिको ज्यान लिएको थियो।

बैज्ञानिकहरुको चेतावनी

डा जोले गर्गीस एक प्रतिष्ठित विजेता जलवायु वैज्ञानिक र अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका लेखक हुन् जसले बेलायतको अग्रणी पत्रिका द गार्डियनमा हामीले बैज्ञानिक भबिश्यबाणी गरे भन्दा खराब द्रिस्य यो आगोलागिले देखायो भन्ने शिर्षकमा लेख्छन ( “संसारको पहिलो बाताबरण सम्बन्धि शिखर सम्मेलन सन् २०१० मा अष्ट्रेलियाको गोल्ड कोस्टमा सम्पन्न भएको थियो । उक्त कन्फेरेन्स नेसनल क्लाइमे चेन्ज एदप्टेसन रिसर्च फ्यासिलिटीद्वारा संचालित भएको थियो । दुर्भाग्य यस्तो महत्वोपूर्ण संस्थाको आर्थिक सहायता रोकियो सन् २०१८ मा विकसित देशले सबैभन्दा कमजोर देशलाई मौसम परिवर्तनको लागि तयार पार्न सहयोग पुर्‍याउने प्रयासका लागि यो एक दूरदर्शी पहल थियो। यो अत्यन्त महत्त्वपूर्ण कार्यको बावजुद, प्रयास अहिले कम्जोर पारिंदै गरिएको छ र ग्रिफिथ युनिभर्सिटीको सानो क्षत्र मार्फत केहि मुट्ठीभर समर्पित अनुसन्धानकर्ताहरूले सञ्चालन गरिरहेका छन्। गत डिसेम्बरमा, अष्ट्रेलियाको अहिलेसम्मको अत्ताय्धिक गर्मि भएको थियो ४१।९ डिग्री सेन्ति ग्रेड पुगेको थियो ।

ग्रीन हाउस ग्यास उत्सर्जनको कारण मौसम परिवर्तन चरम मौसम अधिक लगातार र तीव्र बनाउँदैछ। अष्ट्रेलिया विश्वको कोइलाको सबैभन्दा महत्त्वपूर्ण निर्यातकर्ता मध्ये एक हो, र संयुक्त राष्ट्र संघले पेरिस सम्झौताको लक्ष्य इमिसन २६ प्रतिसतले घत्तौने लक्ष्य पूरा गर्न आधा जी २० देशहरूसँगै अस्ट्रेलिया ट्रयाकमा नभएको भन्दै चिन्ता व्यक्त गरि रहेका बेला यो दुखद आगोलागिले झनै चुनौती थपिएको छ ।

बढ्दो वैश्विक तापमानसँग डिल गर्न – २०३० सम्ममा उत्सर्जनमा २६(२८५ कटौती गर्नु पर्ने देखिन्छ। तथापी केहि आलोचकहरुले न्२० देशको लागि यो अपर्याप्त भएको बताउछन। कार्बन डाइअक्साइड घटाउने प्रमुख तरिका रूख र वन क्षेत्रको संख्या वृद्धि गर्नु हो। बोटबिरुवाले हावाबाट कार्बन डाइअक्साइड शोषण गर्छन् र सूर्यको प्रकाश र पानी प्रयोग गरेर खाना र अक्सिजन बनाउँदछन्। भवन र फर्नीचर बनाउन हामी रूखहरूबाट प्राप्त काठ प्रयोग गर्दछौं। कल्पतरु संस्कृतमा संकल्पित छ ( इच्छा पूरा गर्ने रुख।

यद्यपि हामी उनीहरूलाई मार्दैछौं ९काट्दै छौं०स् दशकौंसम्म विश्वभरि लगातार वनहरू समाप्त पार्ने काम भइरहेको छ, यसले मौसम, बोटबिरुवा, जनावर, सूक्ष्मजीव र जंगलमा बस्ने प्राणीको जीविकालाई असर गर्दछ। पृथ्वीको जग्गा क्षेत्र ५२ अर्ब हेक्टर छ, यसको १ प्रतिशत वन क्षेत्र रहेको छ। दक्षिण अमेरिकाको अमेजन वनको अधिकांश हिस्सा व्यावसायिक उद्देश्यका लागि कटनी भइरहेको छ। पश्चिमी अमेजन क्षेत्रको पेरू र बोलिभिया अन्धाधुन्ध कटानले नराम्ररी प्रभावित छ। डिट्टो मेक्सिको र यसको छिमेकी क्षेत्र मेसोमेरिका हो। रसिया, जसको वन क्षेत्र करिब ४५ प्रतिशत छ, उसले रूखहरू पनि काटिरहेको छ। ठूलो मात्रामा वन फँडानीले ग्लोबल वार्मिंगमा योगदान पुर्‍याएको छ।

नेपालले सिक्नु पर्ने पाठ

सन्१९९२मा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि ९युएनएफसीसीसी० भयो । त्यस समय विश्व वायुमण्डलमा कार्बनको मात्रा ३५६ पीपीएम हाराहारी थियो, सन् १८५० को भन्दा ७० बढी । २८६ बाट पीपीएम ३५६ पुग्न १४२ वर्ष लागेको थियो, वाषिर्क ०।५० को वृद्धि दरमा । सन् २०१९ मा पीपीएम ४१० पुगेको छ । १९९२ पछि ५४ पीपीएम थपियो, २७ वर्षमा वाषिर्क २ पीपीएमको वृद्धि दरले।

बिश्वोब्यापी हरितगृह ग्यास उत्सर्जनमा ९०।०२५० नगन्य भूमिका भए पनि नेपाल जलवायु परिवर्तनका जोखिममा संसारको सबैभन्दा कमजोर भूधरातलमा उभिएको राष्ट्र हो जुन विश्व प्राकृतिक प्रकोपजन्य सम्भावनाको अन्तर्राष्ट्रिय इन्डेक्समा जलवायु परिवर्तनमा चौथो, भुकम्पमा ११ औँर बाढीमा १३ औँ स्थानमा छ । नेपाल दुई भीमकाय छिमेकीहरुको बिचमा रहेको सानो रास्ट्र तिनले संसारको आधा उर्जा खपत गर्छन र त्यहि अनुपातमा चीनले संसारकै बढी २७।५१५ र भारतले ६।४३५ गरि बिश्वोको कुल ३३।९४ प्रतिसत कार्बान उत्सर्जन गर्दछन् ्र तिनको प्रभाब हाम्रो जन जीवनमा हाम्रा अग्ला हिमाल पहाडमा हाम्रो सुन्दर पर्यबरनमा परि रहेको छ ्र ठूलाबडाले गर्ने फ़ोहरको हिस्सा नेपाल जस्ता साना अविकसित देशले सोहर्नु पर्ने बाध्यताको सम्बोधन हुनु पर्ने देखिन्छ्र जब ूहिमालयी सुनामीू ठानिने हिम नदीहरु संसारको कौसीबाट उच गुरुत्वाकर्षणमा गर्जन्छन , कुनै पनि बेला ती अग्ला बग्ने हिमनदीय तालबाट यसको मार्गमा पर्ने सबै वस्तुलाई बडार्दै हुन सक्ने प्रलायनकारी विस्फोटको दुखद पूर्वानुमान गर्न सकिन्छ।

नेपालले बेलैमा यो सम्भाब्य दुर्घटनालाई आत्मासाथ गर्दै छिमेकीलाई मात्र पार्टी चलाउने र आफ्ना नीजी स्वार्थमा मिल्ने केहि अरब कमिसनमा देशका अमुल्य हिम नदीहरु बिजुली निकाल्ने नाममा बेच्ने क्रम रोकोस नेपालका नदिहरु विदेशीका स्वार्थमा बन्धक बन्ने क्रम दशकौं देखि छन् ।

हिमशिखर पग्लने दर बढ्दै जानु र वर्षा मौसममा अनुमान गर्न नसकिने गरी अतिवृष्टिसँगै आउने बाढी÷पहिरो यसका ज्वलन्त प्रमाण हुन्।  हरेक वर्षा नेपालको तराइ बाढीले डुब्ने गर्छ अरबौं रुपैयाको क्षति देशले भोग्छ कतिले आफ्नो अमुल्य जीबन समाप्त गर्छन । नेपालका नदिहरुमा गरिएका असमान संधिहरुले बर्षामा देश डुब्दा समेत आफ्नै घरमा लागाइएको ड्यामको चाबि छिमेकीसंग माग्न डराउनेहरु रास्ट्रबादको ठुलो गीत गाउने गर्छन चुनाबताका।
भर्खरै नेपाल सरकारले स्वीकृत गरेको जलवायु नीति २०७६ ले जलवायु परिवर्तनका आठवटा प्रमुख र चारवटा अन्तरसम्बन्धित आयाम पहिचान गरी नवीनतम सोच अगाडि सारेको छ। जलवायु परिवर्तन साझा मुद्दा भएको हुँदा सामूहिक जिम्मेवारी लिन मिल्ने गरी नयाँ जलावायु परिवर्तन नीतिलाई छाता नीतिका रूपमा अघि सारिएको छ।

त्यसैगरी नीतिगत व्यवस्था अन्तर्गत वन डढेलो व्यवस्थापन रणनीति, २०६७ कार्यान्वयनमा छ । ‘कार्यान्वयन योजना’ तयारी, समुदायमा आधारित वन डढेलो व्यवस्थापन समूहको परिचालन, डढेलो नियन्त्रण क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन, इसिमोड र वन तथा भू–संरक्षण विभागको साझेदारीमा क्षतिको विवरण सङ्कलन, भण्डारण तथा पुनप्र्राप्तिसम्बन्धी व्यवस्था गरिएको छ । कानुनी व्यवस्थाअन्तर्गत वन ऐन २०४९ मा प्राकृतिक वनमा आगो लगाउने व्यक्तिलाई रु। दश हजारसम्म जरिवाना लगाउने वा बढीमा एक वर्षको जेल वा दुवै सजाय हुने व्यवस्था छ ।

डढेलो व्यवस्थापन कार्यमा विभिन्न पहल भइरहे तापनि यसको समुचित व्यवस्थापनमा निकै चुनौती छन् । नेपालको जटिल भू–बनोट र सुरक्षा चुनौती, भू–परिधिको विशाल स्वरूप र आकार, जनतामा चेतनाको कमी आदि चुनौती छन् । डढेलो नियन्त्रण अति खर्चिलो कार्य भएकाले आर्थिक स्रोत, दक्ष जनशक्ति, आधुनिक यन्त्र उपकरण जस्ता समस्याले नियन्त्रण कार्यमा अवरोध पु¥याएका छन् । त्यसैले आगलागी नियन्त्रणका लागि मूल्याङ्कन, सूचना सङ्कलन, तथ्याङ्क व्यवस्थापन र अनुगमन, संस्थागत समन्वय र नेटवर्किङ एवं अन्तर्राष्ट्रिय समन्वय जस्ता रणनीतिको प्रभावकारी व्यवस्थापन गर्नु जरुरी छ ।

यद्यपि यस्ता नीतिहरु बनाउदा तत्सम्बन्धी बिशेश्ग्यहरुको यथेस्ट राय लिएर कसरि जलबायु सम्बन्धि नीति र नियमहरु बनाउदा देश र जनताले सुरक्षित महसुस गर्न पाउछन भन्ने कुरालाई प्राथमिकता दिनु पर्छ नकि बिचौलियाहरुको ठेक्का र कमिसनको चक्करलाई ।

स्वान्जी युनिभर्सिटी बेलायतमा नबिकरनिय उर्जाका बारेमा बिगत ४ बर्ष देखि इलेक्ट्रिकल एंड इलेक्ट्रोनिक इञ्जिनियरिङ्ग डिपार्टमेन्टमा एजम् अध्ययनरत । ‘ब्रिटिश वेदर’ नामक कथा संग्रह प्रकाशित राष्ट्रिय र अन्तरास्ट्रिय जर्नलमा आर्टिकलहरु छापिएका छन् ।