चौदण्डिगढी नगरपालिका वडा न.२ ले आफ्नु वडालाई रिङ्गरोड ले जोड्ने भएको छ। रिङ्गरोड योजना अन्तर्गत माडिवास, भित्ते, गगटे, झोरापाटा, चारघरे हुँदै माडिवास जोड्ने वडा अध्यक्ष सन्तोष सुनेदी ले जानकारी दिएका छन।
वडा को ढल निर्माण शिर्षक अन्तर्गतको बजेट मार्फत वडा को १० ठाउ बाट बाटोको ढल निर्माण कार्यलाई तिब्रता दिएको हो। पन्चबर्षे योजना अन्तर्गत हाल ३० लाख रकम बिनियोजन गरि वडा ले कामलाई तिब्रता दिएको छ।
भबिस्यमा वडा का सबै क्षेत्रलाई रिङ्गरोडले जोडेर नगरपालिकाकै नमुना वडा निर्माण गर्ने लक्ष सहित कामलाई तिब्रता दिइएको वडा अध्यक्ष सन्तोष सुबेदीले जानकारी दिनु भएको छ।
वास्तब मै जनप्रतिनिधिमा इच्छाशक्ति हुने हो भने समृद्ध नगर बन्न समय नलाग्ने स्थानीयहरु समेतले बताएका छन।