आज पनि बिहानैदेखि सार्है टाउको दुख्यो । सहनै नसक्ने गरी टाउको दुखेको आज तेस्रो दिनभयो । अलिकति दुख्दैमा सजिलै औषधि खाने मान्छे म हुँदै होईन । त्यसैले तेस्रो दिन पनि अदुवा हालेको २ Mug दुधको चिया लगातार पिएँ । प्रायजसो चिया पिउने मान्छे पनि म होईन । चिया पिईसकेको मात्रै थिएँ, अचानक एकदमै खुट्टा दुख्न थाल्यो । कार्यक्रमको बिषयमा सृजन जी संग फोनमा कुरा गरिरहेको थिएँ । अचानक शरिरमा पीडा बढ्न थाल्यो । कुरा गर्न सकिन र आज रातिको कार्यक्रम पनि गर्न सक्दिनहोला भनेर फोन राखें । त्यसपछिको सॉढें ३ घण्टा मलाई जुन पीडा भयो त्यो शब्दमा ब्यक्त गर्नै सक्दिन । त्यति भयानक पीडा, त्यो पनि अचानकै । एकैछिनमा ज्वरो पनि १०३ पुग्यो । पुरै शरिर दुख्न थाल्यो । म पुरै सॉढें ३ घण्टा कॉपेको काप्यै भएँ । भमिट होला जस्तो पनि भयो । छाति अलिकति दुख्यो र केहि मिनेट श्वास फेर्न पनि अलिकति गार्हो भयो ।
त्यो पीडा अलि सहन सक्ने हुनासाथै पहिलो कर्तव्य आफुसंग गत हफ्ता मात्रै सम्पर्कमा आएको मेरो परिवार र साथीलाई मेरो अवस्थाको बिषयमा जानकारी गराएँ । अप्रिल ९ तारिखमा आफु सपिंग गर्न गएको COSTCO मा कल गरि मेनेजरलाई जानकारी गराएर आफ्नो जिम्मेवारी पुरा गरें। अनि आफ्नो डक्टरकहॉ फोन गरें । डक्टरले अहिलेको लागी isolation मा बस्न र श्वास फेर्न गार्हो भए मात्रै Emergency मा जान सल्लाह दिईन ।
यो बेला मलाई के भएको हो भन्ने न मलाई थाहा छ नत मेरो डक्टरलाई नै । तैपनि कोरोनासंगै मिल्ने लक्षणहरू भने पक्का देखिएको छ ।
भएको जे भएपनि भन्नै परेपनि आफुसंग सम्पर्कमा आएकालाई मात्रै भनेको भए भैहाल्थ्यो नि । सॉढें ३ घण्टा शारिरीक पीडा भोग्दैमा कुनै टेस्टनै नगरी मैले यो Status किन लेखें?
यसका धेरै कारणहरू छन्:
१.मलाई माया गर्ने मेरा दर्शक, परिवार, अग्रज, साथीभाईहरू धेरै हुनुहुन्छ । उहॉहरूलाई मेरो अवस्थाको बारेमा जानकारी गराउनु मेरो कर्तव्य हो ।
२. चाहिने नचाहिने कुराहरू त हामी कति लेखेर बस्छौ र पढ्नेलाई दिक्कै पार्छौ भने यो status ले कसलाई नोक्सानी गर्छ र? मलाई कोरोना होस् वा साधारण सिजनल ज्वरो र दुखाई मात्रै । यतिखेर हामी सबै सजग हुनुपर्ने बेला हो ।
३. कोरोना लाग्यो भनेको अरूले थाहा पाए भने मलाई समाजमा कलंकको रूपमा हेर्लान् भनेर न्युनतम मानवता समेत नदेखाई आफु पोजेटिभ देखिंदा पनि लुकाएर राख्ने,अरूको जीवनसंग खेलवाड गर्ने र सुटुक्क आईसोलेसनमा बस्ने अनि सहयोग चाहिएमा पनि नाम लुकाईदिन अनुरोध गर्नेहरूलाई कोरोना महामारी हो, कलंक होईन । यो लागिहालेपनि निको हुन्छ । धेरै निको पनि भएका छन् । नडराउनुहोस् भन्ने संदेश दिन र यस बिषयमा सचेतना फैलाउन ।
यति नै लेख्न त भोलीसम्म कुरेको भए हुन्थ्यो नि! अहिलेनै तुरून्तै किन status लेख्न हतार त?
हजुर, होनि । भएको जे भएपनि यो अहिलेनै टाउको र शरिर दुखिरहेको बेला किन लेख्नुपर्थ्यो र किन लेख्न बाध्य भएँ भन्ने सबैभन्दा ठुलो कारण:
मैले सॉढें ३ घण्टा सम्म भोगेको भयानक शारीरिक पीडा र जीवनको अनिश्चितता अनि मेरो सामाजिक दायित्व ।
आजको सॉढे ३ घण्टा मैले जुन शारीरिक पीडा भोगें । त्यो अति भयानक थियो र सबै अचानकै भयो । त्यस्तो पीडा मैले यस अघि कहिल्यै भोगेकै थिईन ।
कोरोनासंग लक्षणहरू मिलिपनि राखेको छ । अचानकै पनि यस्तो हुनसक्ने रहेछ ।
मृत्यु कसैको हातमा हुँदैन । यदि यहि बिचमा मलाई केहि भयो र मैले फेरी त्यस्तै पीडा भोग्नु पर्यो भने? लेख्न चाहेको कुरा लेख्न सकिन भने? यसै बिचमा म मरें भने ???
आफुलाई कोरोना लागे सार्वजनिक गर्छु भन्ने सच्ची त झुठि पो रहिछन् भनेर मलाई कसैले आरोप लगाउन नसकोस्! म जिउँदो छँदा पनि शानसंग बाच्न चाहन्छु र अन्तिम श्वास पनि गर्व साथ फेर्न चाहन्छु । हजुर, यहि कारणले मलाई अलिकति सकेर, अलिकति नसकेरै लेखेर भएपनि यो कुरा अहिल्यै राख्न बाध्य पार्यो ।
म मर्न देखि डराउने मान्छे पटक्कै होईन । मर्न त एकदिन सबैले पर्छ । मलाई जे भएको भएपनि मेरो आत्मबल तगडा छ ।
यहॉहरू सबै, जो जहॉ हुनुहुन्छ सुरक्षित रहनुहोला । लेख्न सकेसम्म मेरो अवस्थाको बिषयमा जानकारी गराउने नै छु ।
नोट:कोरोना तपॉईंलाई नलागेसम्म यो तपॉईंको लागी मात्रै डेटा हो । लागिसकेपछि यो संग लड्नुको कुनै बिकल्प छैन । यसलाई मजाक नसम्झिनुहोस्! आफु पनि सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित राख्न मदत गर्नुहोस् ।
कोरोना कलंक होईन । यो कसैलाई पनि नलागोस् तर तपॉईं मध्य कसैलाई लागी हालेमा मानवताको रक्षाको निम्ति आफ्नो सम्पर्कमा आएकाहरू बिच आफ्नो संक्रमण सार्वजनिक गरिदिनुहोस् ।