काठमाडौँ । संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनाहरुलाई सामाजिक संजालको भित्ता मार्फत स्टाटस लेखी लाखौ दर्शकहरुको कान सम्म पुराउने साहसी चेली ज्वाला संग्रौलालाइ स्टाटस लेखेकी छन् । उनि भन्छिन मैले मेरो बिर्तामोड र मेरा सुख दुखका सहयात्री कसैलाई बिर्सेको छैन! अब म चाँडै गाउँ फर्कँदै छु नेपाल भनेर जानकारी गराएकी छन ।
उनको स्टाटस जस्ता को तस्तै :
#चुनाबको बेला रक्सी खुवाउने भ्रस्ट नेताभन्दा बिपति र भोकमरीको बेला एक पेट भात खुवाउने नागरिक कैंयौ गुणा महान हुन्छन्! म हुर्केको, खेलेको र उफ्रि उफ्रि कुदेको ठाउँ बिर्तामोड आज कोरोनाले त्रसित छ ! एक महिना अघिबाट मजदुरहरु घर बाहिर निस्कन पाएका छैनन् ! मेरो घर वरिपरि अधिंकास बिहान काम गरेर बेलुकाको छाक टार्ने छिमेकीहरु हुनुहुन्छ! सुकुम्बासी बस्तिका अधिकाँस दाईहरु रिक्सा चलाएर जीबन गुजारा गर्नु हुन्छ त दिदी बहिनीहरु चटपटे र भक्का बेच्नु हुन्छ !
तर कोरोनाको महामारीले आज वहाँहरुको रिक्सामा खिया लागेको छ भने चटपटेको ठेला आगनको एक कुनामा थन्किएको छ! सरकारले ४ किलो चामल राहत बाँडेर आफ्नो कर्तब्यबाट भागेको अवस्थामा वहाँहरुले मलाई सम्झिरहनु भएको जानकारी पाएपछि मैले तत्काल कति घरहरुमा चुल्हो बलेको छैन मलाई तुरन्त डाटा पठाउनु भनि मेरो घरको दादालाई सारा बस्ती डुल्न पठाएँ! दादाले पनि तुरन्तै बिहान बाट बस्ती र टोलको निरिक्षण गरि ६० परिवारको लिस्ट तयार गरेर मलाई पठाउनु भयो ! त्यसपछि मैले ती ६० घर परिवारलाई राहत दिनु कोहि नछुटुन् र भोकै नबसुन् भनेर दादालाई सल्लाह दिए बमोजिम भोली ती मेरा छिमेकी दाजुभाई हरुलाई राहत बितरण गरिँदै छ!
यो मेरो नितान्त ब्यक्तिगत सहयोग हो! यो भन्दा अघि म धरानको सुकुम्बासी बस्तीमा पुगें, बिराटनगरको गरिबको आँगनमा पुगें, सुदुर पश्चिमको अछामको बिकट बस्तीहरुमा पुगें ! तसर्थ आफ्नै घर वरिपरि बिपतिमा नपुग्ने भन्ने त प्रस्न नै उठ्दैन ! मैले जस्लाई राहत बितरण गर्न लागिरा छु, वहाँहरु मेरो यस्तो छिमेकी हरु हो जस्ले मेरो खल्तीमा पैसा नहुँदा फ्रि मा रिक्सामा बसाएर पानी परेको बेला कलेज पुर्याउनु हुन्थ्यो!
दिदीहरुले भोक लागेको बेला चटपटे बनाएर घरमै ल्याईदिनु हुन्थ्यो, बारीको डिलमा भएको मेहन्दीको बोटबाट पातहरु टिपेर मसिनो बनाएर पिसिदिनु हुन्थ्यो र मेरो कपालमा लगाईदिनु हुन्थ्यो! फाटेको चप्पल फ्रि मा सिलाईदिनु हुन्थ्यो! मलाई माया गर्नेहरु कति त म गाउँ फर्कन नपाउँदै बिति पनि सक्नु भो ! आज लगभग १० बर्ष भयो बिर्तामोड छोडेको, घर छोडेको , छिमेकी र साथीभाई छोडेको ! तर जति टाढा भएपनि मैले मेरो बिर्तामोड र मेरा सुख दुखका सहयात्री कसैलाई बिर्सेको छैन! अब म चाँडै गाउँ फर्कँदै छु !! Miss you Birtamode,,! Stay safe ???? (image source pixabay.com)