आर्यन सिके, अबुधाबी
चुनाब जनताको लागी एउटा सरकार बनाउने अबसर हो भने राजनैतिक पार्टीहरुको लागी आफ्नो काजकामको घोषणापत्र तयार गरी चुनाबमा जनताको मन जित्ने र जतिसक्दो जनादेश प्राप्त गर्नु हो। हाम्रो देशमा २०४८ साल पछिको यो पहिलो बहुमतीय एकल सरकार अहिले सत्तामा बिराजमान छ। यो अबधिसम्म जनताहरुलाई यीनै नेताहरुले कहिले बहुमत सरकार भएन,विकास गर्न सकिएन, मिलिजुली सरकार दिगो भएन, काम र बिकासमा बाधा र अड्चन भएँ, एकल नभई काम हुन्न भनि झुक्काउनु झूक्काय जनताले सजिलै विश्वास गरेँ र दुईतिहाईको बहुमतले वर्तमान सरकारलाई भारी जनादेश पनि दिए ।
सायद दुनियामा नेपाल एउटा यस्तो देश हो जहाँ पार्टी र नेताहरुले गरेकोे घोषणापत्र र प्रतिज्ञाको कहिले सोधपूछ लेखाजोखा र खबरदारी गराईदैन कति प्रतिवद्धता पूरा भएँ कति बाकी छन र कहिले पुरा हुन्छ भनेर खबरदारी गरीदैन। यसको बाबजुद पनिआज हामी देख्न सक्छौ न जनताले सरकार बिरूद्द सडकमा विरोध र आन्दोलन गरेका छन न प्रतिपक्षले नै सडक र सदन अबरोध गरेका छन तर पनि इतिहासकै बलियो सरकार आज आफ्नै पार्टीभित्रैका व्यक्तिहरूको आफ्नो स्वार्थ र कुर्सिको लागी सिंगो देश अनि ३ करोड जनतालाई यो संकट र परिस्थितिमा बलिको बोको बनाई राखेका छन्।
पार्टीको भागबण्डामा लूछाचुडी स्वाभाविक भएँ पनि समय गलत भयो यसको भारी नोक्सान भोग्न तयार हुनैपर्छ। अहिले उहाँहरूलाई न बचनबद्द्ता याद छ न गरेका बाधाहरु नै। चुनाबताका कहिले सिंगापुर बनाउने र कहिले चाइना बनाउने प्रतिज्ञा गरेपनि कहिले समृद्धि देश र सुखी नेपालि बनाउने इच्छाशक्ति मनमा कहिले देखिएन। जुन सुकै पार्टीभित्र कार्यकर्ता भनेका एक किसिमका भर्य्याङ हुन जसले जनताका गुनासा, समस्या र खबरदारी नेतृत्व तहसम्म पुर्याउने र पार्टी र सरकारको काम र निर्णय जमिनिस्तरसम्म पुर्याउने हो। ठीक यसको उल्टो केन्द्र देखी यहाँ गाउसम्म सबै राजै राजा, ठूलै ठुला,धम्भ, घमण्ड र हैकमबाद जो अरुको सुन्न चाहदैनन। मेरो गोरुको बाह्रै टक्का भने जस्तै भएँको छ।
धन्यवाद ।