अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले भिडियोबाट नकारात्मक सन्देश फैलिएको स्विकार गरेका छन् । जेठ ५ गते जिल्लाका सरोकारवाला निकायसँग भएको बैठकमा बाहिरबाट तरकारी आयात नगर्ने निर्णय भएको बताउँदै प्रजिअ पौडेलले भने, ‘आलुप्याजलाई ल्याउन छुट हो, तर गाडीले निर्णयविपरित तरकारी ल्याइएको पाइयो ।’ अर्घाखाँचीमा उत्पादित तरकारीले पुग्ने निष्कर्ष आएपछि यस्तो निर्णय भएको हो । प्रजिअ पौडेलले थपे, ‘यसरी बाटोमै फ्याँक्नु भनेर आदेश कसलाई दिइएको छैन ।’
‘तरकारी ल्याउने गाडी चालकले निर्णयलाई नमानेको भनेकोले गाडी होल्डमा राखिएको खबर प्रहरीले दिएको थियो ।’ प्रशासनका सहायक जिल्ला प्रमुख अधिकारी विक्रम थापाले भने, ‘यो निर्णयविरुद्ध भयो’ भनेपछि तरकारी फ्याँकिएको भिडियोमा प्रष्ट देखिन्छ । तर प्रशासनको ठाडो आदेश भनेर भ्रम फैलाउने काम भयो ।’ (अनलाइन पत्रिकाको सहयोगमा)
विज्ञको यस्तो प्रतिवेदन
सामाजिक संजालमा अर्घाखाँचीको एउटा भिडियो भाइरल बनेको छ । अर्घाखाँची प्रशासनको ‘ठाडो आदेश’मा डम्पिङ साइटमा तरकारी फ्याँकिएको भिडियो हो यो ।
कपिलबस्तुबाट अर्घाखाँचीको सन्धिखर्कमा ल्याइएका यी ताजा तरकारीहरू ( गोलभेंडा, करेला, घिरौंला, भिंडी, बोडी खुर्सानी, लौका ) बाट कोरोना सर्छ भनेर संस्थागत निर्देशनमा यसरी नष्ट गरिएको छ |
जनचेतना अभिवृद्धि गर्ने निकायमा धनचेतना मात्र भएका पात्र र प्रवृति कायम रहेसम्म यस्ता हजारौं घटना, त्रास र भ्रमका बादलहरु आकासमा मडारिरहनेछन् |
तरकारी ल्याएका भाँडा / बोरालाई सामान्य तरिकाले संक्रमणरहित बनाउने, तरकारीलाई राम्रोसंग पखाल्ने र घाम र वा हावामा राखेपछि संक्रमणरहित हुन्छन् | कोरोना भाइरस खाना तथा तरकारीबाट मान्छेलाई सरेको अहिलेसम्म कुनै प्रमाण छैन | सुरक्षित रुपमा पकाएर सेवन गर्न डर मान्नुपर्दैन |
डर त हाम्रो अज्ञानता, भ्रम र अकर्मन्यतासंग मान्नुपर्छ |
डा. रवीन्द्र पाण्डे
कपिलवस्तुको धनकौलीबाट सन्धिखर्कमा ल्याइएका तरकारी (गोलभेंडा, करेला, घिरौंला, भिंडी, बोडी खुर्सानी, लौका ) फ्याँकिएको हो । (हेर्नुस् भिडियो)