दाङका ५१ वर्षीय पुरुषको कोरोनाबाट मृ,त्यु

Spread the love

दाङ २५ जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट दाङका एक व्यक्तिको मृ,त्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१८ का ५१ वर्षीय पुरुषको कोरोनाबाट मृ,त्यु भएको हो । यद्यपि उनको मृ,त्यु गत साता भारतमा भएको र २४ जेठमा श,व नेपाल ल्याएपछि मात्र कोरोना पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

दमका कारण मृ,त्यु भएका भनिएका ती पुरुषको स्वाब संकलन गरी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको प्रजिअ अधिकारीले बताए ।

मृ,तक लामो समयदेखि सुगर र प्रेसरका बिरामी थिए । यसैबीच भारतबाट श,व ल्याउने मृ,तकका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको छ ।