कोरोनाबाट मृ त्यु भएकाको शव गाड्न लाग्दा पोखरामा झडप, प्रहरीको लाठीचार्ज (भिडियो)

Spread the love

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृ त्यु भएपछि उक्त शव व्यवस्थापन गर्ने क्रममा स्थानीयवासिन्दाहरुले अबरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । पोखरा महानगरपालिकाको ११ वडामा रहेको रिठ्ठा घाटमा महानगरले कोरोनाबाट मृ त्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न खोजेपछि स्थानीयहरुले बिरोध जनाएका थिए । पानीको मुहान नजिकै भएको, ठाउँ साघुरो भएको र आफ्नो गाउठाउँका मानिसहरुको मृत्यु हुँदा दाहसंस्कार गर्ने ठाउँ भएकाले यहाँ शवलाई गाड्न नहुने भन्दै अबरोध गरेका थिए । अबरोधका क्रममा प्रहरीले केही स्थानीयहरुलाई समेत नियन्त्रणमा लिएको छ । स्याङ्जा घर भई पोखराको कोरोना अस्पतालमा उपचार गराईरहेका ६० बर्षिय पुरुषको मृत्यु भएपछि महानगरले शवको व्यवस्थानका लागि मणिपाल अस्पताल मुनीको रिठ्ठा घाटमा गाड्ने सोच बनाएको थियो । यद्यपी स्थानीयको अबरोधलाई पन्छाउँदै नेपाल आर्मीको एक टिमले शवलाई उक्त रिठ्ठा घाटमै व्यवस्थापन गरेको छ । हेर्नुहोस् पुरा भिडियो