एक जनाले ५ जनालाई कसरी मा*र्न सकेको हो? कस्तो थियो अभियुक्तको आनीबानी वडा अधयक्षसंग प्रत्यक्ष कुराकानी

Spread the love

रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्।

मारिएका माधव(४० वर्ष) र जानकी(३७) श्रीमान-श्रीमती हुन् भने पोसराज(१४ वर्ष) अनाथ भएकाले फर्मका संचालक कृष्ण बहादुर पुनले मुसहर दम्पतीलाई पाल्न दिएका थिए। यस्तै घटनामा मारिएका करूण र आशिषको उमेर १७ वर्ष रहेको छ।

करण सोही फर्मभित्रको एक घरमा बस्दै आएका थिए भने आशिष उनका साथी हुन्। कान्छी बजार घर भएका आशिष दुई दिनदेखि त्यहाँ बस्दै आएका थिए। कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण बहादुरको गंगादेवी पशुफर्ममा उनीहरूको सबैको सामुहिक हत्या भएको हो।

घटनामा संलग्न भएका आशंकामा प्रहरीले पक्राउ गरेका सुर्खेतका झसेन्द्र सिंजाली(३२ वर्ष) पनि सोही फर्ममा काम गर्ने कामदार हुन्।