हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ ।
यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
अब तिज आउन अलि परे भए पनि तिजका गित हरु कर्म जारी हुन् लागी सकेको छ । त्यस्तै कृष्ण काफलेको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज महेश पुन तथा मिक्सिङ कृष्ण पुनले गरेका छन । मौलिक रुपमा तयार पारिएको गीतमा चेली को मनको पिडालाई समेटिएको छ । दुर्गा पौडेलको छायाँकन , नविन घर्तिमगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ । गायिका मिना तामांग र कृष्ण काफ्ले को मिठो स्वर मा सजिएको ‘जाम कि नजाम भो’ हेर्नुहोस भिडियो ।