शनिवार हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाए । नाग पञ्चमीमा नागको पुजा गर्ने तथा घरका ढोकाहरुमा नागको चित्र टाँस्ने चलन छ । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहीँ नाग पञ्चमीको अवसरमा सर्पको मेला लाग्दछ ।
भारतको बिहार राज्यस्थित समस्तीपूरमा हरेक वर्ष नागपञ्चमीमा सर्प मेलाको आयोजना गरिन्छ । समस्तीपुरको सिंघिया, नरहन, डुमरिया, खदियाही, बेसही, चकहबीब, मुस्तफापुर लगायतका क्षेत्रहरुमा नागमेला लाग्दछ ।