काठमाडौं । पछिल्लाे समय चौतर्फी आलोचना तथा विवादमा तानिएका दुर्गेश थापाले अर्को गीत ‘आलु जस्तो गायक’ सार्वजनिक गरेका छन् । करिब १ महिनाअघि गायक दुर्गेश थापा पनि मिमहरुमा छाए । एक टिभी अन्तर्वार्तामा नारायणगोपालको गीत गाउन लगाउँदा उनले भक्तराज आचार्यको गीत गुन्गुनाए । गीतको बोल थियो, ‘मुटु जलिरहेछ’ । संगीत क्षेत्रमा रहेर स्वरसम्राटकै गीत याद नभएको भनेर उनलाई धेरैले मजाक उडाए । त्यतिमात्र होइन कार्यक्रममा उनले यम बरालको गीत भन्दै रामकृष्ण ढकालको ‘ओराली लागेको’बोलको गीतको नाम लिए । उक्त भिडियो क्लिप राखेर थुप्रै जोक्स र ट्रोल बने । उनको स्वर पनि हासोको विषय बन्यो ।
हेर्ने गीतमा हिट गायक दुर्गेशलाई सुन्न चाहनेहरूको कानले सहज रूपमा स्वीकारेनन्। त्यसपछि सुरु भयो क्रिया–प्रतिक्रिया। सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टिकाटिप्पणी हुन थाले। केही नाम चलेका कलाकारहरूका प्रतिक्रिया पनि देखिए। हेर्नुहोस, पल शाहले दुर्गेशको यसरि अन्तरबार्ता लिए –