भेटेनाै कतै खाली बाँझाे ठाँउ?
सुन्य छ स्कुल खाली छ गाँउ!
साँढे फूके झैँ बालीमा पसेर
भाषण पाे छ त खेतमा बसेर!
बुख्याँचा हुन्थे धान खेतमा पहिले
नेता अाएर उभिए एेले!
दु:खले लाएकाे त्याे धान खेती
अबुझ शठले बुझ्दैनन् त्यति!
थाकेनन् कहिल्यै भाषण त्याे गरि
ठाँउ न कुठाँउ भदाैरे झरी!
न राेगकाे डर छ फैलिएला भन्ने !
अहाे नेता ज्यू रहेछाै धन्य!
गरेउ कि भाषण कृषि क्रान्ति गर्ने?
अायात राेकरे कँहि भर नपर्ने
गमलाका धानले पुग्ने भा र हाे कि?
फाँडेउ खेत त्याे भाषण ठाेकि !
नेता गरामा किसान अाली-अाली
त्यँहि बसेर बजाए ताली!
सुतेरै भात पाएसि खान
पर्दैन अरे काम गर्न जान!
चामल सकिए पार्टिलाइ फाेन गर
पाेकाे बाेकेर अाउछन् रे घर!
चाहिएन अब खेती र पाती
फाेन लियाे हातमा सुत्याे दिन राती!
बानी परेसि अास्वाशन त्याे खान
चाँहिदाे रहेन्छ खेतकाे त्याे धान!
हुँदाे रैन्छ बुद्धी कहिल्यै दाँया बाँया
मान्छे फाँड्नेलाइ धानकाे के माया!
-अर्जुन राज पन्त (व्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्यकाब्य” काेइली “का लेखक समेत हुन)