स्वर्गीय कृष्ण बाबु अभिनित यो भिडियोले भक्कनिने गरायो (भिडियो सहित)

Spread the love

बिष्णु भट्टराई बुटवल,

मोफसलको राजधानी बुटवलमा रहेर पनि करिब ५ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल तथा पत्रकार कृष्णबाबुले संसार छोडेको पनि करिब २ महिना भैसक्यो l उनि हामि माझ नरहेपनि उनले अभिनय गरेका म्युजिक भिडियो दर्शक माझ सम्झना बनि बसेका छन् l

धेरै म्युजिक भिडियोको बिचमा एउटा यस्तो बिसय बस्तु समेटिएको भिडियोमा अभिनय गरेका थिए जुन गीतको बिसय बस्तु सत्य घटनामा आधारित थियो कुन गीतको सिर्जना समिर बिष्णु खत्रीले गरेका थिए भने निर्देशन बिष्णु भट्टराईले गरेका थिए l

समिर बिष्णु खत्रीका आफ्नै बाबा भारतीय सेनामा कार्यरत छुट्टी मिलाएर घर आउने क्रममा बाटो बाटै हरेको आज करिब १० वर्ष भयो तर अहिले सम्म कुनै आत्तो पत्तो लागेको छैन , सोहि बिसय बस्तुमा हराएको बाबाको छोराको भूमिका निभाएका कृष्ण बाबु अहिले हाम्रो सामु छैनन् तर पनि उनी अभिनित यो भिडियोले पक्कै पनि दर्शकको मन जिरिङ्ग बनाइदिञ्छ l

कुलचन्द्र पुरी, राजु खत्री, इन्दिरा घिमिरे, कृष्ण बाबु लगाएतका कलाकार को अभिनय रहेको उक्त भिडियो बुटवल, भैरहको विभिन्न ठाउमा छायांकन गरिएको थियो, हराएका बाबालाई भेटाउने आसामा निर्माण गरिएको भिडियोलाई अविरल फिल्म्स ले दृश्य निर्माण गरेको छ भने भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ, पत्रकारिताको साथ् साथै कलाकारितामा पनि अब्बल कृष्ण बाबु अब हाम्रो सम्झनामा मात्रै भए हेरौ यो भिडियो ।