देवकी पौडेल
तिमीसँग जीवनप्रति निराश हुने सय कारण होलान् तर जीवनसँग आशाबादी हुने या यो जिबनलाइ स्वर्णिम बनाउने हजार कारणहरु छन् । हुन पनि हो हाम्रो जिबन अमुल्य छ । यो अमुल्य जिबनमा सृष्टिकै सक्षम प्राणी बनेर ग्रह,उपग्रह र सौर्यमण्डलसम्म चाहर्न सक्षम हामी मानिससँग जिउने हजार होइन लाखाँै र करोडौँ कारणहरु छन् ।
यस्ता हजारौं, लाखौँ र करोडौं जीवन जिउने कारणहरु हुँदाहुदै पनि एक या दुई कारण र त्यस्तै खाले परिस्थितिले मानिस आत्म,’हत्या,’सम्म पुगेका धेरै घटनाहरु छन् । तर हाल कोभिड १९ को संक्रमणपछिको आ,’त्महत्याको तथ्यांक र समाचार हेर्दा कोरोनाको तनाबले भन्दा पनि भोक, शोक र अभावको चिन्ताले सामाजिक, मनोबिज्ञानले प्रभावित बनाएको छ ।
सरल भाषामा भन्नुपर्दा आत्महत्या भनेको मानिसले आफुभित्रको आत्माबललाइ नैराश्यतातिर धकेलेर अन्तिम विकल्पको रुपमा मृ,’त्यु रोज्नु र आफुले आफ्नै जीवनको अन्त्य गर्नु नै हो। आफुभित्रको हरेक भाबनाहरु समाजले हेर्ने नकारात्मक दृष्टिकोणको कारण अरुले केहि भन्ला की भन्ने डर लाजको कारण अरुको सामु प्रस्तुत गर्न नसक्नाले पनि आ,’त्महत्या गर्ने गर्दछन् । आत्महत्या गर्नुको पछाडी धेरै कारणहरु छन, ।
जस्तै : घरेलु हिंसा,मानसिक तनाब, नैराश्यता, बैदेशिक रोजगारी, प्रेममा असफलता, मादक पदार्थ तथा लागु औषध सेवन, व्यावसायिक असफलता, उदासिनता, एक्लोपन, बिभेद, सामाजिक बहिष्कार जस्ता कारणहरु पाइन्छन् । मनोसामाजिक उल्झन तीव्र बन्दै गएपछि मानिसमा तनाव, चिन्तारोग, निद्रा नलाग्ने, डिप्रेसन हुनेजस्ता समस्या बढ्छन् । मद्यपान र धुम्रपान सेवन गर्ने बढ्छन् । घरझगडा धेरै हुन्छ । पहिलेदेखि मानसिक स्वास्थ्यको उपचार गराइरहेकालाई अझ गाह्रो हुन्छ । ‘जब मानसिक छटपटी र चिन्तालाई समयै रोकिन्न, त्यसले आ,’त्महत्या निम्त्याउने मनोविदहरुको तर्क छ ।
मानसिक समस्या नेपालमा मात्र नभएर विश्वमा नै बढ्दै गइरहेको छ । यसबारे जनचेतना फैलाउने, समस्या नलुकाउन र बेलैमा उपचार गर्न प्रेरणा दिने तथा यसप्रतिको दृष्टिकोण सकारात्मक बनाउनुपर्ने देखिन्छ । मानसिक समस्यालाई अरु रोग सहर सामान्यरुपमा लिनुपर्ने आवश्यकता रहेको देखिन्छ । समस्यालाई लुकाइ राख्दा, उपचार नगर्दा, बिचैमा छोड्दा, निको भयो अब डाक्टरलाई देखाउन पर्दैन वा औषधी खानुपर्दैन भनेर छोड्दा समस्या झन् जटिल हुने हुन्छ र बिरामीको ज्यानै जान पनि सक्ने हुन्छ ।
यी र यस्ता कारणहरुले मानिसले अन्तिम विकल्पको रुपमा मृ,’त्युलाइ लिने गरेको पाइन्छ । मानसिक रोगले च्याप्छ र मृ,’त्युलाइ अन्तिम विकल्पको रुपमा रोज्ने गर्दछ ।
मानिसहरु शारीरिक, मानसिक, मनोबैज्ञानिक र सामाजिक कारणले आ,’त्माहत्या गर्ने अबस्थामा पुग्ने र मृ,’त्यु बाहेक उसले संसारमा अरु केही सक्दैन र आ,’त्महत्या गर्न तयार हुन्छ । जब मानिसले आफु यो संसारमा अर्थ देख्दैन र आफुले चाहेको चिजमा असफल हुन्छ र आत्मबल हराएर कायरपन उसको मनभित्र घुस्छ अनि मृ,’त्यु रोज्ने गर्दछ ।
जातिय विभेदको कारण, लैङ्गिक हिंसा, लैङ्गिक बिभेद सामाजिक बहिष्करण जस्ता प्रथाजन्य हिंसाका कारणले झन धेरै आ,’त्माहत्या गर्ने गरेको पाइन्छ । पछिल्लो समय कोरोनाको महामारिको कारण मानिसमा नैराश्यता र आर्थिक मन्दीको कारण झन धेरै आ,’त्महत्या भएको तथ्यांकले देखाउँछ । मानिसमा एकखालको समस्या त थियो नै तर अहिलेको समयमा झन अकल्पनीय रोग भित्रीएको कारण मानिस देखि मानिस डराइरहनु परेको कारण पनि आ,’त्महत्या धेरै भएको पाइन्छ । आर्थिक रुपमा सम्पन्न ब्यक्ति कुनै कारण आर्थिक हैसियत घट्नाले पनि मानिसले अन्तिम विकल्पको रुपमा मृ,’त्यु लाइ चुन्ने गरेको पाइन्छ ।
विभिन्न अध्ययनले सन् २०३० पछि संसारका तीनमध्ये एक जना मनोपीडित हुने दाबी गर्दै आएका थिए । तर कोरोना आतंकका कारण दशक अगावै अर्थात् सन् २०२० मै संसारले यो नियति झेल्नुपर्ने देखिएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेराईका अनुसार कोरोनाको प्रकोप मानसिक रूपमा कति दर्दनाक हुन्छ, अहिले भन्न गाह्रो छ ।
तर यसअघिका कुनै पनि महामारीभन्दा कोरोनाले दीर्घकालसम्म आघात पार्ने अनुमान उनको छ । यसबाट नेपालजस्तो विकासोन्मुख मुलुक नपिरोलिने कुरै भएन । ‘लकडाउन जति लम्बियो, मानसिक रोगको मात्रा त्यति बढ्दै जान्छ । कोरोनाको संकट सकिएपछि पनि समस्या रोकिन्न, त्यसैले अहिल्यैबाट तयारी गर्नुपर्छ ।
अमेरिकाको न्युयोर्कमा कोभिड–१९ नियन्त्रण नहुँदै मानसिक परामर्श थालनी भएको छ । त्यहाँका गभर्नर एन्ड्री क्युमोले ६ हजार कर्मचारी नियुक्ति गरेका छन् । उनीहरू मनोवैज्ञानिक उपचारका लागि चौबीसै घण्टा निःशुल्क खटिरहेका छन् । अन्य देशले पनि मानसिक समस्या सामना गर्न गृहकार्य गर्दैछन् तर नेपालमा राज्य स्तरबाट प्रभावकारी कदम चालिएको छैन ।
मुख्यतया आत्म,’हत्याको अबस्थासम्म पुग्ने भनेको डिप्रेसन, नशालु पदार्थको सेवन र मानसिक विचलन माग पुरा नहुदा र घरेलु हिंसा, अनिश्चितता र निराशाको कारण हुने गर्दछ । त्यसैले यो अबस्थामा अधिकांश मानिसले छिटो निर्णय लिने आबेगमा आउने र मृत्यु नै बिकल्प ठान्ने गर्दछन् । हामी हाम्रो जिबनलाइ मुल्यवान सम्झी हामी सर्बश्रेष्ठ प्राणीभित्र पर्ने मानिस हौँ । त्यसैले जिबन जिउने कला सिकौँ ,सकारात्मक सोच राखौँ, आफ्नो व्यस्ततालाइ कायम राखौ, समाजसेवा गरौँ र सुख दुःख नै जीबन हो भन्ने कुरा कहिल्यै नबिर्सौ। तपाईंले प्राप्त गर्नु भएको हरेक सफलता र असफलतालाइ नै तपाईको साथी हो। दुःख बाँडे आधाआधा खुशी बाँडे दोब्बर हुन्छ ।
आ,’त्महत्या कसरी न्यूनिकरण गर्ने :
मानसिक स्वास्थ्य सवैभन्दा महत्वपूर्ण कुरा भएपनि हाल शारिरीक स्वास्थ्यलाई मात्र ध्यान दिने गरेको पाइन्छ । जसले गर्दा मानसिक स्वास्थ्यको कुरा उपेक्षामा र ओझेलमा पर्दै आएको छ । मनोसामाजिक समस्या भएका व्यक्ति पनि स्वास्थ्य संस्थामा जाँदा शारिरीक समस्यालाई मात्र बताउने गरेकोले मनोसामाजिक समस्या पहिचान र समाधानतिर गएको देखिदैन । शारिरीक समस्या र मनोसामाजिक समस्या एक अर्कासंग जोडिएको हुन्छ । दिर्घरोग भएका व्यक्तिहरुलाई पनि मानसिक समस्या हुन सक्छ भने मानसिक समस्याको कारण पनि मनोसामाजिक समस्या देखिएको हुन्छ । शारिरीक समस्या उपचार पश्चात ठिक हुन्छ भने मनोसामाजिक समस्याको समाधान मनोविमर्श हो ।
आ,’त्महत्या न्यूनिकरणका लागि सवैभन्दा पहिले व्यक्तिले देखाएको अस्वभाविक व्यवहार वा चिन्हहरुलाई पहिचान गर्न आवश्यक छ । आ,’त्महत्याको सोच बनाएका व्यक्तिहरुले बारबार आत्महत्या गर्न मन लागेको कुरा व्यक्त गरिरहेको हुन्छ । साथै आफु नजन्मिएको भए हुन्थ्यो वा म जन्मिएको बेकार भयो भन्ने खालको कुरा गरिहरहेको हुन्छ । यि कुराहरुमा सवैभन्दा पहिले परिवार, आफन्त र साथीहरुले ध्यान दिन आवश्यक छ ।
व्यक्तिले जीवन प्रति सधैं निराशा व्यक्त गर्छ । एक्लै बस्न मन पराउँछ । निरीह महशुस गर्छ । एक्लै डाडाँमा वा एकान्तमा जान्छ । हातमा डोरी, नाम्लो वा यस्तै केही झुन्डिन सघाउने खालका सामाग्री बोकेर हिड्छ भने परिवारका सदस्यहरु चनाखो भएर कुराकानी गर्न आवश्यक छ । आफन्त र साथीभाइले जिवनमा आशा जगाउने खालका कुराकानी गर्ने , कुनै पनि समस्याको समाधान छ भन्ने खालको कुरा गरेर ढाडस दिने गर्न आवश्यक छ ।
आफ्नो सरसफाइमा बेवास्ता गर्ने, खुशीको क्षणमा खुशी नहुने, दुःखको क्षणमा दुखि नहुने, संवेगात्मक रुपमा शुन्य भएको अवस्था देखेमा पनि ध्यान दिन आवश्यक छ । आत्महत्याको जोखिमको तत्वहरु पत्ता लगाएर परिवारले भावनात्मक रुपमा सहयोग गर्ने, जीवनप्रतिको आशा जगाउने, मनोविमर्शकर्तामा सिफारिस गर्ने वा लैजाने, आत्महत्या गर्न बोकेर हिंडेका सामाग्रीहरु उसको पहुँच भन्दा टाढा राख्ने गर्न सकिन्छ । साथै व्यक्तिलाई एक्लै नछोड्ने,उसको मनमा के कस्ता कुराहरु खेलिरहेको छ भनेर कुराकानी गर्दा पनि बचाउन सकिन्छ ।
सवैभन्दा महत्वपूर्ण कुरा मनोविमर्शकर्ता र मनोचिकित्सक संग परामर्श लिने गर्नुपर्छ । औषधी खानुपर्ने भएमा औषधी र मनोविमर्शलाई संगसंगै अगाढी बढाउन सकिन्छ । समाजमा धेरै भन्दा धेरै व्यक्ति समक्ष आत्महत्या कसरी हुन्छ र रोकथामको लागि गर्न सकिन्छ भन्ने उपायहरुका बारेमा सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम सवै मिलेर सूचना ग्रामीण भेगदेखि सबै क्षेत्रसम्म पुर्याउन आवश्यक छ । आत्महत्या गर्ने ९० प्रतिशत मानिसहरु कुनै न कुनै मानसिक रोगबाट पीडित भएका हुन्छन् । यी मानसिक रोगहरुको समयमा नै पहिचान र उपचार गरेमा धेरै जस्तो आत्महत्याका घटनाहरु रोक्न सकिन्छ ।
सवै मानिसहरु बाँच्न चाहन्छन्, सुख चाहन्छन्, घुमफिर गर्न चाहन्छन्, प्रेम गर्न चाहन्छन्, पैसा कमाउन चाहन्छन् आदी आदी । मानवीय इच्छा र आंकाक्षाहरु अनगिन्ती छन् । जसलाई मानिसहरु पुरा गर्न चाहन्छन् । मानिसहरु शरीरमा पिडाहुँदा दुखाई कम गर्न चाहन्छन् । विरामी हँुदा उपचार गरेर निको हुन चाहन्छन् । अर्थात मानिसहरु बाँच्न चाहन्छन् । त्यसैले मानिसहरु किन आत्महत्या गर्छन् ? यो गम्भिर प्रश्न हो । सामान्य किसिमले कुरा गर्ने हो भने मानिसहरु आफुलाई आनन्द आउने, खुसी लाग्ने र रमाइलो लाग्ने कुराहरु बारम्बार गर्न चाहन्छन् । तर आफुलाई मन नपर्ने केही गर्न चाहदैनन् ।
सवै मानिसहरु बाँच्न चाहन्छन्, सुख चाहन्छन्, घुमफिर गर्न चाहन्छन्, प्रेम गर्न चाहन्छन्, पैसा कमाउन चाहन्छन् आदी आदी । मानवीय इच्छा र आंकाक्षाहरु अनगिन्ती छन् । जसलाई मानिसहरु पुरा गर्न चाहन्छन् । मानिसहरु शरीरमा पिडाहुँदा दुखाई कम गर्न चाहन्छन् । विरामी हँुदा उपचार गरेर निको हुन चाहन्छन् । अर्थात मानिसहरु बाँच्न चाहन्छन् । त्यसैले मानिसहरु किन आत्महत्या गर्छन् ? यो गम्भिर प्रश्न हो । सामान्य किसिमले कुरा गर्ने हो भने मानिसहरु आफुलाई आनन्द आउने, खुसी लाग्ने र रमाइलो लाग्ने कुराहरु बारम्बार गर्न चाहन्छन् ।
तर आफुलाई मन नपर्ने केही गर्न चाहदैनन् । शरीरको जसरी हेरचाह गरेको हुन्छ त्यसरी नै मन दुख्दा पिडा हुदा छपटि हुदा नराम्रो सोच मनमा आउदा मन मिल्ने साथिलाइ आफ्नो समस्या सुनाउदा मात्र पनि आधा मानसिक रोग निको हुने हुन्छ । बाहिरी घाउ निको गर्न डाक्टरकोमा उपचार गर्न तत्काल जान्छौँ भने मनको रोग लाग्दा तत्काल जादैनौ समस्या लाई बर्सौ सम्म दबाएर राख्ने गर्छौ जसले गर्दा जटिल खाले मानसिक समस्या उत्पन्न हुन पुग्छ । त्यसैले जसरी शरीरको हेरचाह साबुन पानीले पखालेर गर्छौ भने मनको हेरचाह पनि मन मिल्ने साथीहरू परिवार लाई शेयर गर्ने गरौँ ।
यस्तो बेलामा मनलाई स्थिर गर्नुपर्छ भन्ने छ तर भन्न जति सजिलो छ गर्न त्यति नै गाह्रो छ । मन कुनै पनि बेला बहकिन सक्ने भएकाले आफ्नो मनलाई सम्हाल्न सक्नु निकै ठूलो कुरा हो । महाभारतमा ‘वायुभन्दा तीव्र गति के को हुन्छ ?’ भनी यक्षले गरेको प्रश्नको जवाफमा युधिश्ठिरले ‘मन’ भनेका छन् । मनको गति हावाभन्दा तीव्र हुन्छ । मन र मष्तिष्क कुनै पनि बेला कुनै पनि ठाउँमा पुग्ने हुँदा राम्रो नराम्रो दुवै स्थानमा यिनको पहुँच हुन्छ । राम्रो ठाउँमा पुग्दा परिणाम राम्रै बन्छ र नराम्रो ठाउँमा पुग्दा नराम्रै । परिणाम भौतिक रूपमै तत्काल देखिन्छ भन्ने छैन यसले मानसिक रूपमा प्रभाव पारिरहेको हुन्छ । सोचहरूको कुनै सीमा हुँदैन, मानिसले कतिबेला के सोचिरहेको हुन्छ भन्न सकिन्न । कसको मन र मष्तिष्कमा के चलिरहेको हुन्छ थाहा हुने भए संसारको रूप अर्कै हुने थियो होला ।
मानिसको सोच र मनलाई प्रभाव पार्ने कुरा धेरै छन्, कहिले दृष्यले प्रभाव पार्छ, कहिले ध्वनीले प्रभाव पार्छ त कहिले माहौलले । राम्रा कुराहरू देख्दा, सुन्दा मनमा उत्पन्न हुने भाव र द्वन्द्व या विपद देख्दाको छट्पटी फरक हुन्छ । अहिले हामी विपद्को समयमा छौँ । विपदका फरक–फरक पाटाले हामीलाई असर गर्दै लगेको छ । कोही प्रत्यक्ष प्रभावित छन् त कोही आंशिक । यस्तो बेलामा मलाई कुनै प्रकारको प्रभाव परेको छैन भन्ने मान्छे भेट्न गाह्रो छ । दुःख या खुशीको माहौलले मन र मष्तिष्कलाई मात्र फरक पार्दैन, यसको असर शरीरमा पनि पर्छ । त्यसैले वेलैमा आफ्नो शरीर र मन लाई स्वास्थ्य र सकारात्मक विचार दृष्टिकोणलाई अवल वनाउने आट राखी राष्ट्र निमार्णको सकारात्मक यात्रामा सवै जना लागौ ।