ब्यङग्य कविता:शम्धी बिबरण भराउ अब

Spread the love

अनेक वाद ति भए ठग्ने मन्त्र
लाेकतन्त्र भन्दै ल्याए नाता तन्त्र!

शासुलाइ राजदुत शम्धीलाइ सि अाे
मिल्ने पद सबै नातैलाइ दियाे !

एक पल्ट हाे र सात पल्ट सम्म
लुटेर खाँदा नि हुँदैनन् टम्म!

जता ततै छ नातैकाे जालाे
मेयर बनाए छाेरी र सालाे!

भर्न मिल्ने पद भए कँहि खालि
भान्जा -भान्जी ,साला र साली!

घरभेटी पनि नातैमा परे
ठेक्का र पट्टा उनैलाइ अरे

खाेजिन्न शिक्षा र अनुभवकाे हद
बुहारी परे दियाे मन्त्री पद!

लिन लाइ पानी गइन बुहारी नानी
मुहानै भत्काइन के ल्याउथिन पानी!

पानी नअाए नि छैनन् ट्याङकी खाली
भरि भराउ छन् धन पैसाे हालि!

इश्वरका नामकाे नखाएसि कसम
तैँ शम्धी मैँ शम्धी लुटेर बसम!

हुँदैन छानविन भए सबै ब्यर्थ
दाइजाे हाे भन्दै लगाउछन् अर्थ!

सम्पती बिबरण ब्यार्थै भाे भर्न
बाध्य बनाए अब यसाे गर्न

मन्त्रीका लागि थप व्यबस्था गराउ
शम्धी बिबरण नछुटाइ भराउ

देखेनन् कहिल्यै जनताका अाँशु
लाेकसेवा भन्दै पाेशे दिदी शासु

हुँदैन बिराेध बाँडिचुँडि खाँदा
अाफन्त बाँडेर कुर्चिमा लाँदा!

मतलव हुँदैन पार्टि साटि
नाता परेसि जाेडिन्छ घाँटी!

नातामा पद ,बाँड्दा ,जाेखेर
अर्काकी छाेरी नि हिँडे बाेकेर!

जहानिया शासन त थियाै नै पहिले
गरेर क्रान्ती ल्यायाै के अहिले?

ल्याउनु रै छ अाखिर यस्ताे पाे दिन
हजााराैकाे वलिदान गरायाै किन?

-अर्जुनराज पन्त(व्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्यकाब्य ‘काेइली ‘का समेत लेखक हुन)