नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।
प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् । मास देवताका नामः— बैशाख – मधुसुदन/मोहिनी, जेठ – त्रिबिक्रम/पद्याक्षी, आषाढ – वामन/कमला, श्रावण – श्रीधर/कान्तिमती, भाद्र – हृषिकेश/अपराजिता, असोज – पद्यनाभ/ईषा, कार्तिक – दामोदर /राधा, मंसिर – केशव/बिशालाक्षी, पौष – नारायण/लक्ष्मी, माघ – माधव /रुक्मिणी, फाल्गुन – गोविन्द /धात्री, चैत्र – विष्णु/रमा
तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।
कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।
पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्